आगमनको दिनमा माया जोडिए पछि आँखाबाट अनगिन्ती रुपमा आशुका दाना रसाइ रहेको थिए जुन कयौं वर्ष तडपिए पछिका प्रतिक्षाको कडि समाप्त भई नयाँ छाल अनी धारवाट अध्यायको थालनी भई सकेको थियो । मायाको अनुरोध स्वीकार गरी उसले सुन्दर सफा मायाको नयनमा सजाई रहेकी थिई । उसले पटक पटक आफै टोलाई भन्ने गर्थी तपाई मलाई कति माया गर्नुहुन्छ ? म हतपत्त आफै उत्तर नदिऊ ठानी उ प्रति नै प्रश्न तेस्राउने गर्दथ्थे, जुन भावुक भन्दा पनि एक ठ्टयौली पारामा । माया अजम्वरी रुपमा दिन प्रतिदिन उसको मन मुटुमा झांगिदै मनको तलाउमा पौडी खेली समुन्द्रको गहिराई सम्म पुगेको उसको नशालु नयनवाट प्रष्ट रुपमा झल्किन्थ्यो । एकान्तमा वस्दा उसले देखाएको म प्रतिको भावुक मायाको स्पर्शका तरंगवाट मन कतै कतै चस्छ सलवलाउछ, जुन प्रष्ट उसैको यादमा हराएको महशुस गरिरहन्थे । माया हराएको महशुस हुँदा अदृश्य नजरवाट मेरो मनमा जमेको भित्री तंरगवाट नयाँ फुल उही पुरानो वासना आफै भविष्यवाणि मेरो मस्ष्तिष्कवाट नहराउने रुपमा डेरा गराई रहेको छ ।

हृदयको भित्री पाटा देखि नै यस्तो लाग्छ की त्यो निस्वार्थ माया म भन्दा अरु कुनै पुरुषले पाओस, सारा खुशी उसकै लागि दिलायोस, दुवै जना जुनको शितलातामा डुवी, सँगै आगो पिएर आफ्नै संसारमा रमाउनु । किन उसले चाहेर पनि उसको वन्न नसकी हृदयको पाटामा हराई उसको मायाको सामुन्द्रिक छाल सँगै गहिराईवाट सारा खुशी मनमा छायोस ? उसको मायालु केवल ठट्टाको रुपमा मात्र वहन्छ, मेरो शरीरको कुनै पनि कुनामा भेटीदैन । साथीहरुको हृदयकै पाटा देखि आएका कुराहरु “ जोडी ढकुरको वयान त पुरानो भई सक्यो, चौतारी र वर अनी पिपलू त उहिलेका कुरा, माया पिरती त यस्तो होस”... उनी र म सँगै हुँदा साथीहरु विच निस्केका यस्ता अनगिन्ती प्रशंसाले उनी मन्द मन्द ओठमा हाँसो सहित आँखावाट रसाउने मायाका अनगिन्ती थोपाहरु उनका गाला सम्म आफ्नै वाटोमा वगि रहन्छन् तर मेरो मनमा अज्ञात काउकुती लागि रहन्छ, हृदयका पिडा छछल्कीएर ओठवाट मन्द मन्द हाँसो देखिदा पनि भीत्री पिडामा रोई रहेको थिए । आफ्नै हितैसी मित्र सुभचिन्तकहरुवाट वारम्वार निस्कने शव्दहरु मेरो मस्तिकष्मा कहिल्यै पर्न सकेनन् ।
उसको माया समय झै आफ्नै वेगसँगै वढि रहन्छ, मिलनमा हाँसो भन्दा बढि रोदनका आँशु आँखावाट कहिल्यै नसक्नुे छाल वनि झरी रहन्छन् । मेरो भित्री हृदयवाट हिम्मत छैन मेरै निम्ती वर्सिएका मोतीका दाना रोकु, उसलाई अविरल रुपमा मनको चाहना दिई भित्री हाँसो भित्र रमाउ, तैपनि माया गरि रहन्छे, रुमाली निकाली वर्सिएरका दानाले रुमाल सधै धुनु पर्दथ्यो । जव जव मन देखि साच्चीकै रुने गर्छे तव तव मेरो हृदयवाटै क्रमिक रुपमा हाँसो वढ्दै जान्छ, भित्री हाँसो बढ्दै जान्छ, उ रुदा रुदै थाकि सकेकी हुन्छ तर हृदयको मेरो हाँसो फेरी आफै हराउदै जान्छ ।
आफ्नै विवशता र विगत पलका अनुभवहरुवाट समय विती रहेको थियो । उसले जति माया दिलाउने प्रयास गर्छे झन् वढि मलाई पीडावोध हुन्छ, मायामा त्याग, तपस्या र पिडा अनी वेदनावाट आशु वगाई रुने गर्छे मेरै अगाडी, तव मात्र मेरो वास्तविक हृदयको हाँसो विस्तारै ओठमा छाँउछ । जव रुँदा आफै थाक्छे ओठमा छाँउदै गरेको मेरो खुशी लक्षण विलाएर जान्छ ।
आफै वास्तविकतामा आगो पिएर जुनको शितलातमा छर्दा, मेरो मनमा कहिल्यै शितलताले वास गर्न सकनेछ । मायाको अभावमा एक्लै महशुस भई सहाराको निम्ती आफ्ना पाईला अगाडी अगाडी वढाउन खोज्छे तर मेरो पाईला भने पछि पछी आफै धकलिन्छ मन देखि । मनको तरंगले पछाडी वाटो देखाई रहेको हुन्छ । उ देखि धेरै टाढा टाढा पुगेको हुन्छु मैले सुन्ने गरी वातावरण गञ्जयमान हुने, बनको न्याउली पनि रुदा रुदै रुन छाड्ने गरी आफ्नो कोकिल कण्डवाट गीत घन्काउछे, आफै खुशीले रमाउछे, नाच्छे जुन म अनी मायाको अभावमा यस्ता क्रियाकलापवाट मनमा झ्न पीडा वेदना प्रष्ट रुपमा झल्किएका हुन्छन, आँखा रसाई मनमा छुट्टै पीडाको अनुभूतीले डेरा जमाउछन् ।
जवरजस्ती हाँस्छु अनी आफै मन वहकिदै ओठको आकृती नै विग्रीई रुन्चे ओठमा रुन्चे हाँसो छाउदा मन्द मन्द भित्री हदृयवाट हाँसो मेरो ओठमा छाउछ, भन्नेले पागल भन्छन, सुन्नेले महामुर्ख ठान्लान, साथीहरुको नजरमा गिरेको मान्छे मानिएला, जुन रुपमा जस्तो सुकै वदनामीका उपनाम लिन तयार छु मेरो भित्री हृदय । उसको त्यो निस्वार्थीरुपी माया, अजम्वरीमाया, चोखो माया जस्तो देखिने कहिलै सहन सक्दिन । जुन हृदय नराम्रोसँग कहिल्यै नमेटिने गरी अतित वनिरहेको छ, जुन हृदयले मेरो जीवन नै संसार ठान्ने, मलाई देउता मानी पुरा गर्ने प्रेमीकासँगको प्रश्न खोजिरहेको छ, जव अन्तरआत्मा देखि लुकिएको प्रश्नको उत्तर पाउछे तव मात्र उसले लागि माया दिन त परै जाहोस, सोच्नसम्म पनि सक्दीन .................
~~~समाप्त~~~~
~~~समाप्त~~~~
0 comments:
Post a Comment