Ads 468x60px

Monday, March 24, 2014

गजल ३२९ (साँझ परेपछि)

पठाउछ जूनले खवर साँझ परेपछि
मात्न थाल्छ पुरै शहर साँझ परेपछि

प्यासी छ मन पिउने तल्तल् बढ्नसक्छ
नचलाउनु लाली अधर साँझ परेपछि

चन्द्र पनि तलाउमा विलाएको देख्दा
पलाउछ त्यस्तै रहर साँझ परेपछि

वर्षौदेखि लगातार देखीरहेछु एउटै सपना
सुनाउनेछु त्यसको असर साँझ परेपछि

जसलाई भुल्ने कसरतमा दिन ढल्ने गर्छ
भिजाई दिन्छ उस्ले नजर साँझ परेपछि
© अर्जुन दृष्टि पौडेल,
पोखरा

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel