Ads 468x60px

Tuesday, July 23, 2013

गजल ३१५ (भन्छ कथाले)

यो गजल लेख्दा सगै थियौं 
लाज ढाक्ने फरिया माथी सार भन्छ कथाले
हिम श्रृङखला छोप्ने चोली झार भन्छ कथाले

भोली कस्ले देखेको छ भाग्य कस्तो बन्नेछ
आज प्यासको लागि पति मार भन्छ कथाले

वैशालु यौवन छंदै चल्नेछ चोला यसै गरी
वैंशको बेला बेदका कुरा टार भन्छ कथाले

गोप्य अंग कस्ता हुन्छन थाहा छ सारालाई
दुनियाको नजर यतै तिर पार भन्छ कथाले  

Sunday, July 21, 2013

Laghu Katha (Rajan Paneru)

अर्जृन दृष्टि ब्लग स्पोटडटकमको बेजोड प्रस्तुती
विधाः– लघुकथा (कागजको खेस्रा)
लेखक÷वाचकः– राजन पनेरु
भिडीयो डिजाईनः– अर्जुन दृष्टि पौडेल, 
कृपया तपाईका पनि आवाजमा रचना यस्तै वनाई हेर्न चाहनु हुन्छ भने यस ईमेलमा पठाउन सक्नु हुनेछ । ab.arjunp@gmail.com

Saturday, July 13, 2013

गजल ३१४ (कस्ले बनाएको ?)

सोच्दै छु मान्छेमा जात कस्ले बनाएको ?
विहान वेलुका खाने भात कस्ले बनाएको ?

शिष्टतापूर्ण  वाणी वाट संसार सुखी वन्दा
बिगार्ने कर्कशपूर्ण ती बात कस्ले बनाएको ?

सुख  दुःख मिलेर कथा वन्छ जिन्दगीमा
देवतालाई नै विगार्ने हात कस्ले बनाएको ?

सधै भरी  ढुङ्गा जस्तो  मन  हुनेहरुलाई
यौवनको  बिशालु मात कस्ले बनाएको ?




Friday, July 12, 2013

गजल ३१३ (चलेकै छ हजुर)

जेनतेन जिन्दगी  चलेकै छ  हजुर
मान्छेले  नै मान्छे  छलेकै छ हजुर

पीरको आँसु तप्केर यी परेली भिज्दा
चर्को  घाउवाट  मन  जलेकै छ हजुर

अध्यारो भाछ पाखा पखेरा हिजोआज 
बिना आगोवाट दिल बलेकै  छ  हजुर

कयौं यस्ता चुनौतीमा नै रुमलिदा यहाँ  
मान्छे रे उ,मान्छेलाई दलेकै छ हजुर 

Thursday, July 11, 2013

Anu Gautam's gazal~2 Listen & Download

Anu Gautam
अनु गौतमको गजल यात्रामा थप हैसला प्रदान गर्ने स्वरुप, उहाँको दोश्रो गजल आवाजलाई आवाजलाई साउण्ड मिक्सीङ्ग गरी व्लगमा राखि दिएको छु, सल्लाह सुझाव दिनुहोला
तपाईको आवाजमा पनि यस्तै साउण्ड राख्ने ईच्छा छ भने मेरो यसab.arjunp@gmail.com आईडीमा पठाई दिनुहोला । धन्यवाद 


Download Here

Wednesday, July 10, 2013

गजल ३१२ (रात पर्न देऊ)

हतार नगर अझै रात पर्न देऊ
आगनीमा चाँदनी लाई झर्न देऊ

वैंशको वेला योवन बाँझो नराख्न
प्यासका विऊ काखमा र्छन देऊ

सोह« वर्षे जवानीको रस भरिदा
तिम्रै नजिक नजिक सर्न देऊ

तिम्रो मनको मैलो वगाई दिन्छु
अधर ओठमा चुम्वन गर्न देऊ

गजल ३११ (सल्कि रहेछ)

मनमा अदृश्य आगो सल्कि रहेछ
अधुरो अमर कहानी ढल्कि रहेछ

रोक्न खोज्छु सधै जवरजस्ती आशु
टिलपिल गर्दै नयनमा छल्कि रहेछ

रगतले कोरेका चिठी च्याती फाल्दा
विहानीको शितहरु झै टल्कि रहेछ

हाँसेर बैगुनीले दिलमा काँडा रोप्दा
मुटुमा विझाउने घाउ पल्कि रहेछ 

गजल ३१० (रुन्छ मन)

अनौठो सम्वन्ध सम्झेपछि रुन्छ मन
रहस्यमय हजार सपनालाई उन्छ मन

एउटा शून्यताले ढाक्दा मनको छेउमा
औशीको रातामा तानावाना वुन्छ मन

वितेका छन विरसिलो दिनहरु बन्दै
जताततै उस्कै आभासमा हुन्छ मन

गोधुलीमा घामको पाईला तल भर्दा
वसन्तको मधुमास वनि छुन्छ मन  

Thursday, July 4, 2013

Anu Gautam's gazal Listen & Download

Anu Gautam

अनु गौतमको गजल यात्रामा थप हैसला प्रदान गर्ने स्वरुप, उहाँको गजल उहाँकै आवाजलाई साउण्ड मिक्सीङ्ग गरी व्लगमा राखि दिएको छु, सल्लाह सुझाव दिनुहोला
तपाईको आवाजमा पनि यस्तै साउण्ड राख्ने ईच्छा छ भने मेरो यस ab.arjunp@gmail.com आईडीमा पठाई दिनुहोला । धन्यवाद 

Download Here

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel