
सोच्दै छु मान्छेमा जात कस्ले बनाएको ?
विहान वेलुका खाने भात कस्ले बनाएको ?
शिष्टतापूर्ण वाणी वाट संसार सुखी वन्दा
बिगार्ने कर्कशपूर्ण ती बात कस्ले बनाएको ?
सुख दुःख मिलेर कथा वन्छ जिन्दगीमा
देवतालाई नै विगार्ने हात कस्ले बनाएको ?
सधै भरी ढुङ्गा जस्तो मन हुनेहरुलाई
यौवनको बिशालु मात कस्ले बनाएको ?
0 comments:
Post a Comment