Ads 468x60px

Wednesday, July 10, 2013

गजल ३१० (रुन्छ मन)

अनौठो सम्वन्ध सम्झेपछि रुन्छ मन
रहस्यमय हजार सपनालाई उन्छ मन

एउटा शून्यताले ढाक्दा मनको छेउमा
औशीको रातामा तानावाना वुन्छ मन

वितेका छन विरसिलो दिनहरु बन्दै
जताततै उस्कै आभासमा हुन्छ मन

गोधुलीमा घामको पाईला तल भर्दा
वसन्तको मधुमास वनि छुन्छ मन  

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel