Ads 468x60px

Wednesday, July 10, 2013

गजल ३११ (सल्कि रहेछ)

मनमा अदृश्य आगो सल्कि रहेछ
अधुरो अमर कहानी ढल्कि रहेछ

रोक्न खोज्छु सधै जवरजस्ती आशु
टिलपिल गर्दै नयनमा छल्कि रहेछ

रगतले कोरेका चिठी च्याती फाल्दा
विहानीको शितहरु झै टल्कि रहेछ

हाँसेर बैगुनीले दिलमा काँडा रोप्दा
मुटुमा विझाउने घाउ पल्कि रहेछ 

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel