Ads 468x60px

Friday, June 7, 2013

गजल ३०८ (गजलकारहरु)


आफ्नै शुरका हुन्छन गजलकारहरु 
भावनामा बगि रुन्छन गजलकारहरु 

आगोलाई पिएको कल्पनामा डुवेर 
जुनको शितलता दिन्छन गजलकारहरु 

भोगाई भन्दा कल्पनाका चित्रहरुलाई 
शव्दवाट शेरमा उन्छन गजलकारहरु
 
अन्याय, अत्यचारहरु तिरस्कार गरी
समाजका आवाज सुन्छन गजलकारहरु 

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel