![]() |
साहित्य पारखी 'सम्झना'स्याङजा, हाल पोखरा |
राम्रो पनि सधैँ
नराम्रो देख्छ तिम्रो अर्जुन दृष्टि ।
आफुँ गर्दैन
गर्नेलाई छेक्छ तिम्रो अर्जुन दृष्टि ।
भाषण सुन्दा यस्तो
लाग्छ सबै गर्ने मात्र तिमी हौ ,
न सपार्छ न
संविधान लेख्छ तिम्रो अर्जुन दृष्टि ।
गल्ती जति आफ्नो
हुन्छ दोष अरुलाई लगाउँछ ,
सामाजिक काममा
घुँडा टेक्छ तिम्रो अर्जुन दृष्टि ।
भोका, नाङ्गा , कामेको शरिर
देख्दैन त्यो हेराइले ,
जनतालाई भाषणले
सेक्छ तिम्रो अर्जुन दृष्टि ।
देशलाई धनी बनाउन
रोजगार दिनुको सट्टा ,
देशबाट नै गरिब
लखेट्छ तिम्रो अर्जुन दृष्टि ।
0 comments:
Post a Comment