![]() |
महादेव अधिकारी तनहूँ /काठमाण्डौ हाल: दुवई |
कपालको रौं चिर्न सक्ने हुन्छ
अर्जुन दृष्टि
सबै मनमा छिर्न सक्ने हुन्छ
अर्जुन दृष्टि
षड्यन्त्रले बनाएको चक्रब्युह
भित्र छिरी
सकुशल नै फिर्न सक्ने हुन्छ अर्जुन दृष्टि
गुप्तवासमा बसेपनि द्रौपदीका
खातिर
धनुषवाण भिर्न सक्ने हुन्छ अर्जुन दृष्टि
सृष्टि, धर्म सञ्चालन कायम नै राख्न
भनि
अपराधीलाई पिर्न सक्ने हुन्छ
अर्जुन दृष्टि
विचारको उत्कृष्टता उच्चकला
देखाएर
तीनोटै ऋष तिर्न सक्ने हुन्छ
अर्जुन दृष्टि
0 comments:
Post a Comment