![]() |
जीतु खड्का गाँउले मोरंग उर्लाबारी हाल साउदी अरब |
लाए पछी निसाना नचुक्नु नै
अर्जुन दृष्टि
चोट लाग्दा मुटुमा नदुख्नु नै अर्जुन दृष्टि||
साहित्यको खोजमा गाँउ गल्लि
गोरेटोमा
सृजिएका सृजना नलुक्नु नै
अर्जुन दृष्टि ||
दुनियाँको आँखामा चम्किरहोस
वीर गोर्खाली
स्वाभिमानी नेपाली नझुक्नु नै
अर्जुन दृष्टि ||
साहित्यका कपिला ई फूल्छन
भोलि अवस्य
सृजनाका ती मूल नसुक्नु नै
अर्जुन दृष्टि||
आकाश तिर फर्केर किन थुक्नु
हुन्छ हजुर
पर्छ छिटा मुखमा नथुक्नु नै
अर्जुन दृष्टि||
0 comments:
Post a Comment