Ads 468x60px

Tuesday, October 16, 2012

दशै विशेष गजल












चारैतर्फ दशैको उमंग छाउदा, झुपडीमा भक्कानो छ
टिकाको साईतमै डियुटी धाउदा,झुपडीमा भक्कानो छ

जूनले घुम्टो नखोली चाडपर्व गरीव वस्तीहरु छिर्दा
पोहोरकै कपडा अहिले लाउदा,झुपडीमा भक्कानो छ 

अध्यारो मनलाई चन्द्रमाको छायाले छल गरी ढाक्दा
आशिकको वदलानै ऋण पाउदा,झुपडीमा भक्कानो छ

हुने खानेका मुहारमा मात्र हर्ष उल्लासवाट छाउदा
आफ्नै धुनका गीतहरु गाउदा,झुपडीमा भक्कानो छ 

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel