
नशा पिएर ढल्न मन लाग्छ आजभोली
विना आगो जल्न मन लाग्छ आजभोली
सिन्दुर भर्दैमा चोखो माया हुन्न भन्नेको
फरीया सँग चल्न मन लाग्छ आजभोली
दनिया जगतको ओठै भरी रसाउने गरी
फुलहरु वनि फल्न मन लाग्छ आजभोली
आफ्नै छाँया जहिल्यै मुटुमा डेरा जम्दा
जोशमा आफै गल्न मन लाग्छ आजभोली
0 comments:
Post a Comment