
गर्व लाग्छ मलाई मेरो माटो नेपालको
हिमाल,पहाड,तराई तिनै पाटो नेपालको
टायरको धुवा वनी जले सहिदका सपना
अव नजलोस सहिद हिड्ने वाटो नेपालको
विदेशीले गिद्धे नजरहरु लगाई सके देशमा
यही भूमीमा मिलाउ परेको फाटो नेपालको
शान्ती क्षेत्र वदनाम भयो भ्रष्ट्रकै ककुर्मले
सवै मिली पुर्यौ वदनामी टाटो नेपालको
0 comments:
Post a Comment