Ads 468x60px

Wednesday, August 21, 2013

गजल ३१८ (निष्ठुरीले)


दिलमा  आगो लगाई  गई निष्ठुरीले
मायाका स्तम्भ ढलाई गई निष्ठुरीले

नजरहरुको  कथा  लेख्दै थिए  मैले
खरानी बनाई जलाई गई निष्ठुरीले

पुजेकै  थिए मनभित्रको  देउता मानेर
आस्थाको मन्दीर गलाई गई निष्ठुरीले

जसोतसो गाउदै थिए मिलनका धुनहरु
आँखाको तालमा नचाई गई निष्ठुरीले

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel