Ads 468x60px

Monday, March 25, 2013

डवल काफियामा एक गजल

दुखेको मनवाट बनेको घाउ कस्तो ?
लुटेको अस्तित्वमा चल्ने नाउ कस्तो ?

चिना भिडाई निकालेको वधु–वरधवाट
जुटेको प्रिर्तीमा पुजिएको पाउ कस्तो ?

सम्वन्धहरु ओराली वाटो लागे पछि
टुटेको नातावाट वोलाईने ठाउ कस्तो ?

फुलले पनि मुटुमा विजाउदा आखिर
फुटेको भाग्यमा टल्किएको दाउ कस्तो ?

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel