कयौ बिवश्तामा अल्झिएर
गुमनाम गुमनाम
हुदै गएका
हजारौ सपनाझै,
चाहना थुपारीएका भकारीमा
बाध्यताको जिन्दगी देखेर
तप तप
बिलाईरहेको
बलुवाको पानीझै,
हावाले उडाएर
यत्रतेत्र छिरलिएका
सडक वस्तुहरूका
अन्तहीन गन्धझै,
आयुको
अन्तिम अबधीले
बिस्तारै-बिस्तारै
नजिक आएर बोलाएझै ।
हरेक बर्ष
आइपुग्छ - दशै
करोड़ौ आशुहरुको बस्तीमा
बनेर शितका थोपाझै ।।
© अर्जुन दृष्टी पौडेल
0 comments:
Post a Comment