संकटमा छु ममाथि लगाइदेउ अर्जुनदृष्टि।
![]() |
रहस्य बिक्रम चिमरिया बिर्तामोड झापा नेपाल |
सन्ततिका आँखामा जगाइदेउ अर्जुनदृष्टि।।
पुकार सुन आमाको भाब नियाल ति आँखाका।
फूल जस्ता नानीमा मगमगाइदेउ अर्जुनदृष्टि।।
पीँडा जति भए पनि धैर्यतालाई अंगाल्नु छ।
आँखाबाट आँशुसँगै नबगाइदेउ अर्जुनदृष्टि।।
माछाहरु सधैं प्रार्थना गर्दै भनिरहेछन्।
हे प्रभु! बकुल्लाको भगाइदेउ अर्जुनदृष्टि।।
आफ्नै धर्तीमा भएको रहस्य अमुल्य खोतल्न।
खुलेका नयनलाई सगाइदेउ अर्जुनदृष्टि।।
0 comments:
Post a Comment