Ads 468x60px

Wednesday, February 19, 2014

गजल ३२७ (रातको विरोधमा )

रातको विरोधमा रातीमै सुर्य उदाउनेछ
समर्थनमा एकदिन जूनले उत्सव मनाउनेछ

छोडी गयौं तिमिले पक्कै अव यो मनले
तिम्रा याद संगालेर जिन्दगी विताउनेछ 

उ साँच्चै फरक भईसक्यो अव तिम्रो खातिर 
न टाउको फुटाउने छ न आशु वगाउनेछ 

भो घुम्टो खोलेर नमुस्कुराऊ यसरी
तिम्रो मुस्कान देखेर यहाँ फुल लजाउनेछ

दम निकै छ हेर्नु एकदिन अर्जुनका गजलले
तिम्रो लोक विव्झाउनेछ तहल्का मच्चाउनेछ

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel