![]() |
शितल गिरी, कमल संघर्ष, किशान र गाउले ठिटो सँग |
सिकेर कहिले पो सकिन्छ र नदीबाट
आज खुट्टा टेक्ने भएसी चिन्दिन भन्यो
जसलाई कुनैदिन हिडाइयो आफ्नै छातिबाट
महलका खुशीहरुमा भुइचालो जानेछ
जव हामी मुस्कुराई दिनेछौं झुपडीबाट
कमाउन भन्दा बढि सिकाएन किताबले
बरु बाँच्ने कला सिकिरहेछु जिन्दगीबाट
पत्थरमा शिर झुकाएर कहिल्यै केही पाईन
जति पाउनु पर्ने त्यो पाएको छु साथीबाट
©अर्जुन दृष्टि पौडेल
पोखरा