'कफी कक्टेल'
- अर्जुन दृष्टि पौडेल, जापान
हामि यात्रा गर्दा हामि मात्र यात्रा गर्दैनौ । संगसंगै हाम्रो समय पनि यात्रा गर्छ । यहि क्रममा मेरो समय जापान आएको आज २ वर्ष बढी भैसकेको रहेछ । यहाँ आएर मसंग मेरो थुप्रै समय हिडिसकेको छ । सधै जसो समयले डोर्याएर मलाई हिडायो । तर आज एउटा हिउदको दिन मैले समयलाई मेरो हात समाउन लगाएर हिडाइदीए । यसरि नै म र मेरो समय एकसाथ टोकियो पुगियो ।
बिश्बको सबैभन्दा महंगो र ब्यस्त भनीने यो शहरमा हाम्रो मेहफ़िल छोटो समय मैं भएको भने पक्कै होइन । बतास भन्दा ब्यस्त साथीहरुलाई एकै ठाउँमा अडयाउन सामाजिक संजाल बढ़ी अग्रसर रहयो । लामो दौडधुपबाट मेसिन जिन्दगीलाई थोरै आराम मिल्ने नबवर्ष २०१७ को बिदा नै हाम्रो लागि एक योजना र मेहेफिलको पुल बनी दियो । तेहि पुलको माध्यमबाट आदरणीय साथी तथा कवी रबिन शर्मा को कुटी ईईदाबासीमा जनबरी ३ मा समयले लगन जुरायो ।
हल्ला र बिज्ञापन गरिएका ग्यादरिंगहरु फिक्का फिक्का हुने गर्छन भन्ने हल्ला सुनेको हामीलाई मनमा एक खालको छूटै डर थियो । हामीहरुको कार्यक्रम भेटघाट, सुन्ने र सुनाउनेमा मात्र लक्षित थियो । थोरै संख्यामा मात्र साथीहरुको उपस्थिति हुन्छ र हाम्रो बद्नाम हुन्छ कि त भन्ने अर्को भयानक अड थियो । यो विदेशको ठाउमा कुनै जमघट भयो त्यसलाई कार्यक्रम को नाम दियो र मान्छे अलिक कम भए भने आयोजना गर्नेको नैतिकतामा प्रश्न उठाइने गर्छ । हाम्रो स्थानको क्षमता अनुसारको उपस्थिति देखेर सम्पूर्ण डरहरुले मनबाट डेरा सरे ।
यो ठाउमा पहिलोपटक मैले जो हेरे पनि आफूजस्तो देख्न थाले । सधै सधै जापानिज को अनुहार देख्दा देख्दा आजित भएका हामीलाई आफ्नो माटोको रंग छुटेको अनुहार सम्म पनि देख्न पाउनु भाग्यको कुरा हुन्छ । यो पालि त एउटै माटोबाट बग्दै बग्दै आएका हामीहरु त्यहि माथी माटोको जात पनि मिल्ने । सबै साहित्यलाई माया गर्ने लेख्ने पढ्ने । सबै जना उस्तै उस्तै । सामाजिक संजालमा बाक्लो परिचय भएकालाई पनि यहा चिन्ने दिमाग पातलो भयो ।
टाढावाट आउनु भएका दिलीप बाबु शिबा र कायर्क्रम सुरु हुने केहि समय अगाडि मात्र उपस्थितिको जानकारी पाएका आदरणीय भुबन रोक्का सर मेरो लागि भेटको बिशेस सस्पेन्स हुनुहुन्थ्यो । लोकनाथ अधिकारी सर ले मेरो मनलाइ थप पुलकित पार्नु भयो । सुरुको समय देखि अंतिम समय सम्म सबै साथीहरुका रचना सुन्ने र हौसला प्रदान गर्नु हुने मधु सूदन पराजुली, बिनोद बिक्रम शाही, अर्जुन भुसाल र बिक्रम पाण्डे लगाएतका साथीहरुको साथले छुटै खालको ऊर्जा दिएको थियो ।
केहि बेरको परिचय पछी सुरु भयो ‘कफी कक्टेल ’ "यानकी कफी विथ पोएट्री" जुन दिउसो 3:30 बजेबाट राती 11:30 बजेसम्म लामो समय लगातर चलिरहयो ।
बुलन्द आबाजका धनी 'संदीप तिमिल्सिना'को आबाज गुन्जियो ।
बाध्यताले दूरी वढाएको वेला
देश देख्छु आजभोली निदाएको बेला ।।
बिच बीचमा 'भुबन रोक्का' सर का केहि श्रीङ्गगारिक सेर हरुले माहौल तताएको हुन्थ्यो कति बेला भने यस्ता जिबन्त सेरहरुले ।
मनहरुमा त मन भेटिएन पथ्थरहरुमा झन भेटिएन
खोजिरहेछुँ अझै खोज्नेछुँ छायाँहरुको तन भेटिएन ।।
'लोकनाथ अधिकारी' सरका कबीताले सिंगो युग नै बोकेका रहेछन;-
'रोबोटको पनि मन हुन्छ'
रिमोर्टद्वारा सञ्चालन हुने
रिमोर्टद्वारा नै कन्ट्रोल हुने
रोबोर्टको पनि मन हुन्छ
रोबोट हाँस्दैन
रोबोट रुँदैन
रोबोट चिच्याउँदैन पनि
ऊ त निर्देशित हतियार नै हो
तर
पाप सोचेर कुहेको भन्दा
घातअपघात गर्नेभन्दा
एउटा सुन्दर मन हुन्छ
निर्जीव रोबोटको।
धेरै टाढा नागोया शहर देखि आउनु भएको 'दिलीप बाबु शिब' का रचनाहरु बुलन्द रहेछन ।
स्वार्थी मात्रै बस्ने रैछन तिम्रो शहरमा
मानिसले नै डस्ने रैछन तिम्रो शहरमा ।।
मिठो आबाज र उत्तिकै मिठो हाँसो हुनु भएकी 'संगीता कुँवर'को सहभागिता र पोखराको प्रेम कहानीले मजबूत बनाएको थियो साहित्यक बसाई । यहॉ संग रबिन जी को दोहोरीगीत पनि उत्तितै मिठास थियो ।
भद्र स्वभाबमा रहनु भएको 'सुमित गिरी'ले भने एक ग़ज़ल संग्रह 'स्मीत' र 'अनिदा आँखाहरु' मुक्तक संग्रह प्रकाशित गरी सक्नु भएकी सुमित गिरी यसो भन्नु हुन्थ्यो ।
ऐनामा उदास अनुहार देख्छु
हरपल हरक्षण दिक्दार देख्छू ।
कैलै स्वतन्त्र हुन सकिन
आफ्नै मनभित्र करागार देख्छु ।।
'बाड़ुल्ली र यादहरु' मुत्तक संग्रह निकाली सक्नु भएका 'अरुण पौडेल'का मुत्तकले पनि धेरै फरकपन दीएको थियो ।।
जसरि तिमीलाई घर देश रमाइलो लाग्दैनन भाग्यहरुलाई नियतिका आदेश रमाइलो लाग्दैनन्
प्रतिक्ष्या मा बस्नु तिमी आउछ अरुण छिटै मलाई पनि तिमी बिना प्रदेश रमाइलो लाग्दैनन ।।
कायर्क्रमका प्रमुख संयोजक तथा प्रस्तोता मिठो आबाजका धनी यस महफिल का एक सच्चा हस्ताक्षर 'रबिन शर्मा'को साथ र सहयोग साथको प्रसंसा गर्ने सब्द छैन् । उत्तिकै महफिल जमाउनु भएको थियो यसरी ।
पानी पिऊनु भन्दा पहिले आशु पियछ , मरुभुमिमा देख्यो कुवाँ कठै बिचरा ।।
अर्का हस्ताक्षर 'गिरिजा गैरे' जीले उसै गरी बुलन्द बचान शैलीले स्थान जग मगाउनु भएको थियो ।।
चाहे बिग्रीयोस चाहे बनोस देश भनेको देश हुन्छ टाढा पुगेपनी चार कोस देश भनेको देश हुन्छ ।।
सबै सष्ट्रालाई camera मा कैद गरी रहनु सधै हाँसी रहनु हुने 'आनन्द अधिकारी' भरपुर रूपमा साथ दिनु भएको थियो । यहाँले camera पछाडिबाटै महिफलमा ईंटा थप्नु भएको थियो ।
खोला बगिरहेछ आफ्नै लहरमा
खै म कहाँ हराए तिम्रै रहरमा।
आमा खुसि थिईन गाउको झुपडिमा
महलले कहिले हसाएन सहरमा ।।
अर्का सष्ट्रा र बहर ग़ज़लमा कलम चलाउने र सबैलाई हसाई रहने 'अरुण जंग पूरी'ले माहोललाई बेला बेलामा रोचक बनाउनु भयो ।
कदम उठाऊ कि वार होला कि पार होला
गरेर खाने छ हात के को दोधार होला ?
धेरै जसो श्रीगारिक रचना भनी रहने 'मीनराज बस्तोला' सबैभन्दा बढ़ी ब्यस्त हुनु हुन्थ्यो आफ्ना रचना सुनाउन ।
नदीको पानी बेचेर हिमालको हिऊ बेचेर
अब कसरी देशको माटोमा म उभिऊ बेचेर
मेरो लागि तिमी देश र माटो उस्तै उस्तै हो
भन आमा चिरिएको मुटु कसरी सिउ बेचेर ।।
'बल्लभ बाबु' यसो भन्दै हुनु हुन्थ्यो बेला वेलामा ।
न मन्दिर न मस्जिद नत कैलॉसमा
उ त हून्छ शुद्ध अनी सच्चा विश्वासमा
सक्छौ भने बुडी आमालाई हसाउंन
हिंडनु पर्दैन ईश्वरको तलाशमा ।।
'दिप पाठक'ले रमाईला, समय सांन्दर्भिक रचना मै ब्यस्त रहनु भयो अन्तिम समय सम्म ।।
भ्यागुतोलाई कुवाँ के-के सोच्छ होला?
राज्यहाक्ने बुर्जुवा के-के सोच्छ होला?
आँखाजुधाई हेरेआज गाउँको मुखीयालाई
रै'छ बन्दुक भरूवा, के-के सोच्छ होला?
'किसोर शर्मा' का रचनाले हाम्रो माहोल शान्त पर्ने काम गर्दथ्यो भने कुनै रचनाहरुले भने सवैको अनुहार हसिलो बनाउने गर्दथ्यो ।।
आम्मा हो, यस्तो होला परदेश सोचेको थीईन
र कष्ठकर यहाँको पारीबेस सोचेको थीईन
सुन्न त, असफलता नै सफलताको प्रतिक सुनेथें
तर पनि, यती धेरै लाग्ला ठेस सोचेको थीईन ।।
भद्र र शान्त स्वभाबमा बसीरहनु भएका 'बिनोद बोहोरा'ले पनि रचना बाट सबैको मन जीतिरहनु भएको थियो ।
यो शहरमा पैसाको खूबै जय जय हुन्छ ।
जो पैसा उता उता खेलाउछ उ महोदय हुन्छ ।।
फरक फरक अनुहार, फरक आबाजको उपस्थिति सबैले कलम चलाई रहनु सबै एकै ठाउँमा जमघट हुँदाको माहोल ज्यादै पृथक र रोचक बन्दों रहेछ । 40 मिनेट जति सामाजिक संजालबाट प्रत्क्षय प्रसारण पनिले अझै कार्यक्रम अझै ब्यबस्थित बनायो र केहि ग़ज़ल चर्चित ग़ज़ल कार्यक्रम 'बुलबुल' बाट प्रसारण गर्ने ब्यबस्थाले बिश्बभर छरिएर रहनु भएका साहित्यप्रेमी सम्म पुग्न सफल भयो जस्तो लाग्छ । अब अर्को बिदा र सबैलाई अनुकूल मिल्ने समयको प्रतीक्षा गर्दै आगामी दिनमा केहि फरकपनको नितान्त साहित्यिक कार्याक्रम गर्ने हामीहरु याद बोकेर फर्कियौ ।
घर आएर छाम्दा थाह भयो मैले मेरो मन त् साथीहरुसंगै पो छोडी आएछु ।
धन्यवाद !!!
Wednesday, January 11, 2017
'टोकियोमा कफी कक्टेल' :-
Subscribe to:
Comments (Atom)





