Ads 468x60px

Showing posts with label यो मन. Show all posts
Showing posts with label यो मन. Show all posts

Monday, July 9, 2012

विछोडका पल


शिशिरको पतझडला पनि वसन्तको पालुवा झै देख्दै होला तर यहा भने पूर्णीमाको रातमा पनि औंशीकै निसिमा छाउने गर्छ, लाटेकोसेराको उदासीसँग मितेरी लगाउदै प्रत्येक रात विरहले रुने गरेको छ । गुनासो त केही थिएन, धोका दिनु नै थियो भने मलाई छोडेर अर्कोलाई अगाल्नु थियो भने शितको थोपा झै विगाएर जानु थियो भने किन लायौं म सग तिमिले माया ? किन गर्यौ मसँग वाचा वन्धन मेरो मन यही नेर दुखेको छ भास्किएको छ ।

साच्चै हाँसो र खुशीले कहिल्यै साथ दिन चाहेन मलाई........ हिजो आज तिमि नहुँदा आशु नै त साथी छ मेरो यो शुन्य वस्तीमा....... फरक यति छ पहिला पहिला तिमिलाई देख्दा, तिमिलाई माया गर्न पाउदा रमाएर रुने गर्थे...... आजभोली तिम्रो सम्झनामा तडपिएर रुने गर्छु । यो शुन्य वस्तीमा तिम्रो आगमनको प्रतिक्षा गर्दा गर्दै अधिर भएर रुने गरेको छु । यस्तो कल्पनामा तिम्रो वियोगलाई भुल्ने पर्यत्न गरेको छु....... भुल्ने पर्यत्न गरेको छु ।

मेरो कोमल, आकाश झै निश्चिल मनको अर्थ नै नवुझी तिमिले हाम्रो मायालाई चटक्कै माया मारेर, निर्दयतापूर्वक तिरस्कारको भारी बोकाएर निष्ठुरी बनी पवित्र र कञ्चनरुपी मायाको उपहास गरिदियौं । त्यो अन्तिम निर्णयले मेरो मन नराम्रोसग छटपटाएको छ । वर्षाको वाढिले वगाएको पाखो झै भएको छ । मेरो मायालाई भुलेर, हाम्रा ति रमाईला पलहरुलाई चटक्कै विर्सीएर किन त्यसरी धोकाको चोटिलो अस्त्र प्रहार गयौं के जवाफ छ तिमिसग ?

मिलनका पल

बसन्तको फुल सङ्गै फुल्न पाए हुन्थ्यो विहानिको लालि सङ्गै रङ छर्न पाए हुन्थ्यो....... कहिले सङ्गै पालुवामा गाउन पाए हुन्थ्यो गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो तारा बनि जुन सङ्गै लुक्न पाए हुन्थ्यो.... छितिज पारि मिर्मिरे मा उनी सँगै रम्न हुन्थ्यो ..... खुशीले मन चंगा बनेर हावामा उडी रहेछ कतै उड्दाउड्दै धागो टुटेको चंगा झैँ मेरो जीवनको अस्तित्व हराउने त होइन ?मैले तिमीलाई जून माने आफूलाई तारा, यस्तो माया गरेको छु की विर्सिएकी छौ. संसार सारा..... हाम्रो माया सधै यस्तै होस नौनी परे जस्तो यो धर्तीमा ईन्द्रेणीले रङ्ग छरे जस्तो..... अन्जानमै तिमीले चालेका सुवतम् सुवासका पल पल वोकि मिठासपनका हर्दम महशुसहरु आखिर तिम्रो मायाको न्यानो साथ पाएरै होला..... बिहानीले चुम्छ जब सुर्यदय हुन्छ, सर्माउँदै तिमीलाई उषा लाली छुन्छ, त्यै लालीमा अधरको हाँसो मेरै सरे जस्तो...तिमिले भन्दै आयौ माया गरेकी छु भनेर ...... मैले सम्झदै आए, सच्चा माया गर्नुपर्छ ......... माया त गरेर गरिदैन माया त आफै हुन्छ..... तिमिले बुझ्दै आयौ, मायालाई उपहार भनेर.....मैले महसुस गर्दै छु मा

यामा उदास बनेर..... सम्झ तिमिले माया जीवनको फुल हो यो तिम्रै लागि मात्र फुलीरहेको छ, केवल तिम्रै निम्ती ....

माया भन्नु खेल होइन, दाउमा राखी खेल्ने, साँचो माया अमिट हुन्छ सुख,दुख झेल्ने..... प्रीत साट्नु ठट्टा होइन, साटि सकेको मन मुटु माया कुनै जुनिमा पनि फिर्ता हुनेछैन । कसैसग साईनो जोड्नु र छुटिनु नियतीको दोष होईन । हृदयको चोखो माया तिमि एक जनालाई मात्र जुनीभरसम्म प्रेम सरोबर बनाउनु प्रण गरेको छु । देऊ, मात्र यति भए पुग्दछ मलाई तिमिले माया गरेको अनुभूती....तिमिलाई कहिल्यै नसकिने प्रत्येक क्षण क्षणमा मेरै मायाको अमृत रस पिएर हरजनम जिउने छौं ।

यो जीवनमा तिम्रो साथ पाउँदा मनमनै रमाए, जीवनसाथी तिमीलाई ठानी तिम्रो हात समाए.....मह सरी मिठो तिम्रो बोली म त्यसैमा रमाए...... नशालु तिम्रो नयन हेरिदिदा म आफैँ लजाए..... एकछिन टाढिँदा पनि छोडिजान्छौँ कि भनी डराए. जहाँभए पनि सम्झिने तिम्रो बानी मनपराए......तिम्रो चोखो मायाको लागि सारा संसारलाई पाखा लगाए दुनियाँको सामु तिम्रो हात रमाई रमाई समाए

मेरी प्राण प्यारी लाटी♥♥


थाहा छ मलाई पनि नजिकको माया छाडा र टाढाको माया गाढा.... अनी भन्दै छु म टाढा भएको पनि तिम्रै खुशीकोनिम्ती त हो नी किन पिर गरेको त्यसरी........ दुई चार रुपैया कमाउछु अनी घरजम गरौला, यो समाजमा ठाडो शिरउठाएर सगसगै मेलापात गरौंला नी के गर्नु त देशको परिस्थितीले गर्दा द्धन्द्धकालमा राम्रो सग पढ्न पाईएन त्यो कुरात तिमिलाई पनि थाहा छन नी लाटी..... परिस्थितीले गर्दा नै टाढा वनायो, टाढा भएपनि तिम्रो माया त मनभरी नै छनी...... तिमि जता म जता भए पनि मुटुमा माया छ नी लाटी.... ति तिम्रा मोतीका दाना जस्ता आसुका टुक्राले परेलीनभिजाउ लाटी.... फुलेको फुल तिमि पापी भमराले नजर लाग्ला, समाजले औला उठाउला यस्तै छ संसार कुरावुझ........ चिन्ता नगर चाडै मन भरीको माया लिएर तिम्रो सामु आउनु छु वास अहिलेलाई यती मात्र म तिमिलाई धेरैमाया गर्छु....... तिमिलाई धेरै मिस गरी राछु.... लाटी वस मिस गरी राछु लाटी
---------------------------------------------
♥मेरो हजुर ♥♥


फर्की आउनुहोस विरानो नसम्झ, हजुरलाई तपाईकी लाटीको कसम छ... के गर्नु खाली परिस्थितीलाई दोष मात्र दिएर कहा हुन्छ र मेरो हजुर ? जे पुग्छ त्यही खाउला सँग सँगै मेलापात गरौला दुख सुख सँगै जे हुन्छ त्यस्तै खाउला त्यती भए हुन्न र हजुर ? मलाई धनै दिएर मात्र खुशी हुन्छ र म ? तपाईको मायाको मुल्य चुकाएर, रुन मन लाग्छ मुहार लुकाएर मेरो हजुर..... म रोए पनि मेरो हजुर हाँसे पुग्छ, परेलीमा हाम्रो माया साँचे पुग्छ.... तपाईकै फोटो सधै सिरानी मुनी राखि रुएकै रुएयै छु धोको मेटाउन .. के गर्नु हजुर परिस्थिती टाढा वनाए पनि तपाई मेरै नजर वरीपरी घुमि रहनु भएको छ.... कहिले काही मलाई यस्तो लाग्छ विदेशी रमझममा भुली गाउँकी लाटीलाई विस्रेर कतै.. ? आसु पुत्छु रुन्न भन्छु फेरी आसु झर्छ अनी तपाईलाई नै सम्झन्छु ...यस्तै त हो मानिसको चोला भन्दै मन वुझाउछु तर पनि पापी मन वुझ्दैन... विझाउछ फुलले पनि मेरो नहुदा, निको हुन्थ्यो होला दुखाईमा ती हातले छुँदा..... छिमेकीहरु हाँसे जस्तो लाग्छ मलाई देखेर, मुटुमै घाउ छ मै दुखीलाई जिस्काए झै लाग्छ मेरो हजुर... सिरानी मुनी हजुरको तस्वीर, मुटु भरी तपाई कै माया .. जहिले पनि भन्नु हुन्छ नअत्ति वस लाटी । तपाईकी लाटीलाई देख्न मन लाको छैन र ? कति घाम सस्ताए कंयौ पटक जुन पनि उदाए अझै पनि फुर्सद भाको छैन र मेरो हजुर ?

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel