Ads 468x60px

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, November 15, 2015

गजल (कहिले काँही)

मौनताले यस्तो जादु  गरीदिन्छ कहिले काँही
भित्ताले आवाज निकालिदिन्छ कहिले काँही

आँखासम्म आज आफ्नो काबुमा राख्न सकिन
रोक्दा रोक्दै आफैलाई बगाईदिन्छ कहिले काँही

बतासले समेत घरि घरि ढोका ढकढाक्याउछ
पर्खाइमा बसेको मन झस्किदिन्छ कहिले काँही

म भित्र बसेको छ एउटा तिमि जस्तो मान्छे
उसैसंग मेरो मान्छे हारीदिन्छ कहिले काँही

सबैभन्दा बढी अचेल आफै देखि डर लाग्छ 
मैलाई हेरी ऐना पनि चर्कीदिन्छ कहिले काँही  

© Arjun Dristi  पौडेल
हाल : जापान


Saturday, January 31, 2015

गजल (पैतालाहरु)

थाहै हुन्न कुन सफरमा रोकिन्छ्न पैतालाहरू
कैले फूलमा कैले काँडामा ठोकीन्छ्न पैतालाहरू

आगोको गोरेटाहरुमा हिडने बानी परेको हुँदा
तलाउको बाटो भेट्दा आतीन्छ्न पैतालाहरू

सुनको जुता लगाएर सुतेको छ कोहि यहाँ  
के भोलि चितामाथि साटीन्छ्न पैतालाहरू ?

खालि खुट्टाबाटै अध्यारोमा यसरि दौडिएछ की
उज्यालोमा चप्पल देख्दा तर्सिंन्छन पैतालाहरू

यस कारण उडेर जून छुने लक्ष्य लिन सकिएन
केबल धर्तीमामात्र विश्वासले भरिन्छन पैतालाहरू

© अर्जुन 'दृस्टि' पौडेल
पोखरा
हाल टोकियो, जापान

Friday, January 2, 2015

गजल (केहि नगुमाइ कसैले)

नगरकोटमा गजल बाचन गर्दै


केहि नगुमाई कसैले पनि केहि पाएको देखिदैन
उभिएरै हातका औलाले पैइताला छुन सकिदैन

आँखालाई सफा राख्न आँखामा आशु चाहिन्छ
आशु बगाएर अनुहारको दाग कहिल्यै मेटीदैन

एउटा स्विइ निकालेर घडी रोक्ने प्रयास नगर 
घडीले त पर्खेला तिमीलाई तर समयले पर्खिदैन ।

नराम्रो सपना आयो भनेर घर बेचौला तिमीले 
तर बिचार गर्नु घर बेचे पनि सपना बेचींदैन ।

बडो मेहनतले जिन्दगीले काचुली फेरेजस्तो लाग्छ
ज्योतिषको हातबाट किन जिन्दगी सुनौलो सुनिदैन ?

© अर्जुन 'दृष्टी' पौडेल

Saturday, December 27, 2014

गजल (रुखहरु)

एउटै जंगलमा मिलेर अटाइरहेछन्  रुखहरु
मान्छेलाइ बाँच्ने कला सिकाइरहेछन् रुखहरु

मिच्नै खोज्ने सधै हडप्न खोज्ने मुखियाजस्ता  
बनमारा झारको कथा सुनाइरहेछन् रुखहरु

आयतन फरक छ प्रत्येकको उचाई फरक छ 
तर किन एउटै बतास पठाइरहेछन् रुखहरु ?

आधि तुफान धेरै आयो उनीहरुको जिन्दगीमा
आफ्नो स्थान भने सधै जोगाइरहेछन् रुखहरु

एउटा बाउले बच्चालाई खेलाए जस्तै गरेर   
छातीमाथि हामीलाई हिडाइरहेछन् रुखहरु

© अर्जुन 'दृष्टी' पौडेल

Thursday, December 25, 2014

गजल (अभाव देखाएर सधै)

भारतीय अग्रज कबि/ गजलकार

अभाब देखाएर सधै अभाब मेटाएको छ
उस्ले यसरि आफ्नो जिन्दगि चलाएको छ

अब सुबास दिनु अगाडी फूलहरुले सोच्लान
उनीहरुको कारण यहाँ अरु कोहि रमाएको छ

यस्तो भैरह्यो भने बिर्सन कसरि सकिन्छ ?
सास फेर्ने बतासमा कसैले याद पठाएको छ

आउ तिमि पनि एक पटक समाएर बिचार गर 
जुन हातसंग मृत्युले धेरै पटक हात मिलाएको छ  

जिबन युद्द हो प्रतेक पल जित्न सम्भब हुदैन
मलाई अर्जुनको इतिहासले यो कुरा सिकाएको छ

© अर्जुन 'दृस्टी' पौडेल
पोखरा

गजल (धेरै जसो जिन्दगी)

धेरैजसो  जिन्दगी चलाईन्छ सपनाबाट
सपना पूरा हुन्छन् मात्र योजनाबाट

बचपनमा नै उसले हतियार चलायो
सायद जन्मीएको हुनुपर्छ यातनाबाट

पहरा कसरी रसाउछ थाहा भएन
आखा रसाउछन उसैको सम्झनाबाट

उ सफल हुनुको एउटै कारण रहेछ
सधै सधै मुस्कुरौछ  आफ्नै बेदनाबाट

अर्जुन सफल हुन्छ या हुदैन भविष्यमा
आजसम्म सफल भाछ पुरानै निशनाबाट

अर्जुन 'दृस्टि' पौडेल

गजल (मनले भन्छ जसरी)

मनले भन्छ जसरी पनि जोगाउनु पर्छ
तर हररात उसैलाइ आखाले बगाउनु पर्छ

यसरी ऋणमा परीसकेका रहेछौ हामी
सायद अब मरेपछी पनि कमाउनु पर्छ

आज तुफानले आफ्नो मजबुरी सुनायो
भन्यो, मलाई तिम्रै आखामा सजाउनु पर्छ

यस्तो युद्ध यहाँ कसले चलाई रहेछ
जहाँ जवान छोराले बालाई हराउनु पर्छ

लक्ष्यपनि कैले कही भ्रममा हुन्छ अर्जुन
तैले ऐनामा हेरेर पानीमा हिर्काउनु पर्छ

© अर्जुन दृष्टी पौडेल

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel