Ads 468x60px

Showing posts with label सवालजवाफ. Show all posts
Showing posts with label सवालजवाफ. Show all posts

Saturday, September 22, 2012

सुरज भिरखोईरे र अर्जुन पौडेल (म)

अहिलेको जल्दावल्दा हाँस्य कलाकार तथा मुस्तककार सुरज भिरखोईरे  जी र मेरा विचको भएको श्रृजनाको भलाकुसारी (दोहोरी)

















गुलाब भै अर्कैको दिलमा फुलि निस्ठुरिले
सिउदो भरि पराइसङ्ग डुलि निस्ठुरिले
हजुर बिना एक पल बाच्दिन भन्ने गर्थी
आखिर तेइ एक रातमै भुली निस्ठुरिले

अर्जुन पौडेल (म) 
काँडा जति तिमिलाई छोडी गए अव
मायालाई कुचि पाईला मोडी गए अव
भन्न सवै भनियो कुनै याद भएन
तिम्रो कुकूरे मायाको वाचा तोडी गए अव//

होचाले नभेटे अग्लाले तुर्नी भन्छु
हुलमुल मा बच्न परे दुकुर्नि भन्छु
प्रेम गरि प्रेम मा धोका दिनेलाइ
अरु जे भनुन तर मत कुक्कुर्नी भन्छु

 अर्जुन पौडेल (म) 
माया पाउञ्जेल हृदयकी मेरी रानी मान्यौं
शरिरसँग खेल्ने आशमा सधैं औला गन्यौ
ईच्छा पुरा गर्न नसक्नले मायाको विउ छर्दा
पागलको आँखामा आखिर सवै पागलै ठान्यौं //

तपाइ बिना मर्छु भन्दै आसु झारेउ उति बेला
ललाइ फकाइ माया जाल मा पारेउ उति बेला
मलाइ पनि माया गर्नै अौने हैन नि हो
तर तिमि सधै बिहे पछि भनि टारेउ उति बेला

 अर्जुन पौडेल (म) 
पागल प्रेमीको अनुरोधमा मिठो वोली दिए मैले के विराए
माया जस्तो लाग्दा मनपेट खोली दिए मैले के विराए
झुठ्ठा आश्वसनको खेती जस्तो लाग्दो तिम्रो चरित्र ठानी
योवनका तिर्खा मेट्न खोज्दा घोली दिए मैले के विराए//

माया गर्छन् सबै, झुटो पनि सच्चा भको कस्लाइ थाहा छर?
जति जति पक्का भन्छन त्यति कच्चा भको कस्लाइ थाहा छर?
खालि सिउदो देखायेर कुमारि भन्दै हिन्छेउ तिमि
सट्या सुटु भित्र भित्रै बच्चा भको कसलाइ थाहा छर ?

 अर्जुन पौडेल (म) 
तिम्रो ईच्छा अखिर एउटै मेरो चाहनासँगै रातमा
माया पिरती खेल हो, जित्नेहार्ने आफ्नै हातमा
समय नेटो काट्दा तिमी उही पुरानै संस्कारमा
तीन महिना हुँदा मिल्काई दिए फोहोरको खातमा//


साँढे तीन फुट हाइट पुग्यो ? एक पटक नाप सानु
जतिले माया गर्छु भनेनी मायाको गाग्रो थापा सानु
तिम्रो बेलै येस्तै थियो किन नमिल्काउन फोहोर को खातमा !
सत्र बर्सको उमेर मै किन बोकेउ तनि दुनियाको पाप् सानु

अर्जुन पौडेल (म) 
जति हाईट भएपनि शरीर आखिर दुई टायरले वल्छ
जति माया थापे पनि योवनका तिर्खा आफै जल्छ
दोष सधै लिन्छु हजुर, तपाईको सधै जय जयकार
उमेरले यौवनलाई छेक्दैन रुप हुनेको चोला यसैगरी चल्छ 

समाप्त

Monday, July 9, 2012

सवालजवाफ


नीरस मैनाली (केटा) (केटी) विच सिर्जना मार्फत मिति २०६९।२।२५ गते विहीवार फेसवुकमा भएको भलाकुसारी (दोहोरी)


नीरस मैनाली
~~~~~~~~~~~~~~
शान्त मेरो तलाऊमा ढुङ्गा हान्न किन आयौ
नदी पारी तार्छु भनि डुङ्गा तान्न किन आयौ
रमाएर बसेकै थे आफ्नै ताल्मा जसरि नै
गुलाबको फूलको त्यो थुङ्गा हान्न किन आयौ .//

अर्जुन पौडेल ()
~~~~~~~~~~~~~~
दुई दिने चोलामा केही लुट्न आए
माया प्रित रंग रस साट्न आए
झुर्मे लाग्यो, माया असलै थियो
धनीसग धन चोरी, गरिवको मन चोर्न आए .//

नीरस मैनाली
~~~~~~~~~~~
लुटुन पाए जवानी के, सबैथोक लुटिन्छ नि
चुट्न पाए अगं अगं, छामि कन चुटिन्छ नि
माया प्रित देखावटी, भयो धन ठूलो अब
धुत्न पाए धुर्तै बनि, सकेजति धुतिन्छ नि .//

अर्जुन पौडेल ()
~~~~~~~~~~~~~~
नौटंकी तिम्रो नाटक केवल लुट्न कै थियो
मायाका कुरा गरी शरीरसँग साट्न कै थियो
माया ठानी देहसँग कै लागि सकिन जोवानी सुम्पीन
राप्यौ आखिर झुटको खेती दिलवाट लखेट्न कै थियो....//

नीरस मैनाली
~~~~~~~~~~~
रङ्गमञ्च हो दूनियाँ यो हामी रङ्गकर्मी
तिमीपनि पापिनी हौ होईनौ साँच्चै धर्मी
धनको लागि लत्याएर गएपछि मलाई
अहिले कस्ता कुरा तिम्रा लाग्छौ शिल्पकर्मी.//

अर्जुन पौडेल ()
~~~~~~~~~~~~~~
जसरी जिए पनि रंगीन संसार हो जिन्दगीको रित
नसकिने रैछ पाप कुल्चीई दोष मात्र देखाउने सित
किन माया दिनु पर्यो खुशी पुरा गर्न नसक्नेले
भन्थ्यौं तिमी खुशी भए त्यही नै मेरो जित .//

नीरस मैनाली
~~~~~~~~~~~
रगींन मानेपछि जीवन, जसरी नि बित्ने रैछ
कहिले तिम्रो पल्ला भारी, कहिले मैले जित्ने रैछ
नमान सुर्ता शरीर गल्छ, शोकले केही हुन्न
गरेर पीर केही नि हुन्न, पीरले नै थिच्ने रैछ..//

अर्जुन पौडेल ()
~~~~~~~~~~~~~~
पाएको दुई दिने चोला रंगिनमा नै विताउनु
खोज्नु नयाँ धनीमानी सँगै रमाउनु
पीडा शोकलाई हटाई सुन्दर वस्ती वसाई
मोज मस्ती रसरंगमा नै जिवन सजाउनु ।।।

~~~~~~समाप्त~~~~~~~~~~~~

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel