Ads 468x60px

Thursday, December 25, 2014

गजल (धेरै जसो जिन्दगी)

धेरैजसो  जिन्दगी चलाईन्छ सपनाबाट
सपना पूरा हुन्छन् मात्र योजनाबाट

बचपनमा नै उसले हतियार चलायो
सायद जन्मीएको हुनुपर्छ यातनाबाट

पहरा कसरी रसाउछ थाहा भएन
आखा रसाउछन उसैको सम्झनाबाट

उ सफल हुनुको एउटै कारण रहेछ
सधै सधै मुस्कुरौछ  आफ्नै बेदनाबाट

अर्जुन सफल हुन्छ या हुदैन भविष्यमा
आजसम्म सफल भाछ पुरानै निशनाबाट

अर्जुन 'दृस्टि' पौडेल

कबिता (गुनासो)

उदायो पहाड माथिबाट
एक बिहानै घाम
च्या च्या आबाजबाट
घामसंगै  मेरो जन्म भयो

म संगै जन्मीएको त्यों घाम बरफ जस्तो छ
त्यों घाम सिरेटो जस्तो छ
यो समजले यस्तो बुझ्यो की
घामबाट निस्केको घाम समाजको थियो
घामबाट निस्केको घाम हराएको थियो

जीन्दगीको घड़ी घुमे जसरी
समयले हुर्कौउदै
समयले सिकाउदै
दुई खुट्टा टेक्ने बनाएर उभाई दियो
यही समाजमा ।

यो समाजसंग कुनै दुश्मनी छैन
यो समाज संग कुनै रिसईवी छैन
र यो सामाजको हिस्सा रहेको छु
यही समाजले रहनु भएकी मेरी आमालाइ
आमाको रुपमा सम्मान गर्छ
सेताम्मै कपाल फुलेकी आमाल़ाइ पूर्ण मान्छ
यही समाजले सबथोक ठान्छ

तर पनि
यो समाज सँग गुनासो छ-
मेरै आमालाई सबथोक मान्ने समाजले
मलाई सधै बाबू नभएको टुहुरोबाट सम्बोधन गर्छ ?

© अर्जुन 'दृस्टि' पौडेल

गीत (घामले कोल्टे फेरेछ)

"Fukuoka Stadium 2014"

झिम्काउदा उनले परेली घामले कोल्टे फेरेछ ।
मेरो दिलमा छाया पर्यो अनी माया बसेछ ।

बतासले उड़ाउदा उस्को मुस्कान आकासमा
गुलाब फत्रिएछ उन्कै शिरमा सजिने बिश्वासमा ।
आकार बदलीरहने बादलले हामीलाई देखेछ
मेरो दिलमा छाया पर्यो अनी माया बसेछ ।

चन्चल आखाहरू नदेख्दा मुटू बहुलाउछ होला
चिराचिरा परेको खेतझै जीवन फाटछ होला ।
सम्हाल्दा सम्हाल्दै आखाबाट आशु खसेछ
मेरो दिलमा छाया पर्यो अनी माया बसेछ ।।

झिम्काउदा उनले परेली सूर्यले कोल्टे फेरेछ ।
मेरो दिलमा छाया पर्यो अनी माया बसेछ ।।

© अर्जुन 'दृष्टी' पौडेल पोखरा

गजल (मनले भन्छ जसरी)

मनले भन्छ जसरी पनि जोगाउनु पर्छ
तर हररात उसैलाइ आखाले बगाउनु पर्छ

यसरी ऋणमा परीसकेका रहेछौ हामी
सायद अब मरेपछी पनि कमाउनु पर्छ

आज तुफानले आफ्नो मजबुरी सुनायो
भन्यो, मलाई तिम्रै आखामा सजाउनु पर्छ

यस्तो युद्ध यहाँ कसले चलाई रहेछ
जहाँ जवान छोराले बालाई हराउनु पर्छ

लक्ष्यपनि कैले कही भ्रममा हुन्छ अर्जुन
तैले ऐनामा हेरेर पानीमा हिर्काउनु पर्छ

© अर्जुन दृष्टी पौडेल

कबिता (ढलेको रुख)

कसले बिगारी दियो तिम्रो मन
जबानी  किनबेच हुने बजारमा बसेर
तौलिदै छौ शरीरको मोल

कति हजारको नोटमा छिनोफानो गयौ
कर्कलाको पात माँ अडिएको पानी झै
टिलपिल गरीरहेको जबानी

कुन खाडलमा पुरियको छ
तिम्र्रो इज्जत को अस्तीत्व
र करोडौ दुखले थिचीए जस्ती देखिंछौ ?

कसले चिथोरो तिम्रा गाला
तिमीमा तिम्रो सुगन्ध भेटीदैन

कहा कहा पुरयौउ अहिले सम्म
त्यों तिम्रो यौवनको प्यास
र बन्यौ सीदान्तहीन
करोडौ आसुहरुको यौटा बस्तिमा

आखिर अहिले के बन्यौ ?
तिम्ररा आखा छन , दृष्टी छैन
तिम्रो मुख छ शब्द छैन
तिम्रा हात छन साथ छैन

तिमि संग सबथोक भय पनी
केही नभए जस्ती

चौतारीको ढलेको रुख जस्तै किन देखिएकी छौ ?

© अर्जुन दृस्टि पौडेल

गजल (यी मान्छेले ईष्वरलाई पनि)

यी मान्छेले इश्वरलाई पनि यसरि झुक्याउने  छन
भगवान भेटिदा समेत पत्थरको हात समाउने छन्

आज सुनको गलैचामा हिड्न लगाउनेहरुले 
भोलि पाइताला पगालेर बाटो बनाउने छन

अझै पनि हामीहरु चस्मा लगाई राख्यौ भने
उज्यालोलाइ देख्दा खेरि आँखाहरु डराउनेछन

यी अभाबहरू भन्नु पनि त शिक्षकहरू रहेछन
जसले जिन्दगीको बर्णमाला हरघडी  सिकाउनेछन

यता आउदा यहि कुराले  काँडासरि घोचिदिन्छ
मेरो लागि धेरै जना आफ्नो आँखा बिछ्याउनेछन्

गजल (ब्यापार रहेछ परीबर्तन)

ब्यापार रहेछ परिबर्तन हरक्षण बदलिन्छ   
हिजो मान्छे बेचियो भोलि समय बेचिन्छ
 
ज़िन्दगी पनि एक चन्द्रमा जस्तो लाग्छ
हरबखत कुनै न कुनै ठाउमा दाग देखिन्छ

तिम्रा यादहरू सबै आँखाबाट बगाइदिए
अब किनाराका बगरहरुको प्यास मेटिन्छ

यो मन हलुंगो बनेको जस्तो लाग्दैछ अचेल 
सायद तिम्रो दिलको तलाउमा पनि तैरीन्छ

धैर्य र प्रयास रहेछ मान्छे भएर बाच्ने कला
एउटा मात्र गुम्यो भनेपनि जिन्दगि सकिन्छ 

© अर्जुन दृष्टी पौडेल
पोखरा 

कबिता (दशै)

कयौ बिवश्तामा अल्झिएर
गुमनाम गुमनाम
हुदै गएका
हजारौ सपनाझै,

चाहना थुपारीएका भकारीमा
बाध्यताको जिन्दगी देखेर
तप तप
बिलाईरहेको
बलुवाको पानीझै,

हावाले उडाएर
यत्रतेत्र छिरलिएका
सडक वस्तुहरूका
अन्तहीन गन्धझै,

आयुको
अन्तिम अबधीले
बिस्तारै-बिस्तारै
नजिक आएर बोलाएझै ।

हरेक बर्ष
आइपुग्छ - दशै
करोड़ौ आशुहरुको बस्तीमा
 बनेर शितका थोपाझै  ।।
© अर्जुन दृष्टी पौडेल

Tuesday, July 22, 2014

गज़ल~ (आफ्नो परिधीबाट)


शितल गिरी, कमल संघर्ष,
किशान र गाउले ठिटो सँग 
जिन्दगी बुझाउछ उसले आफ्नो परिधीबाट
सिकेर कहिले पो सकिन्छ र नदीबाट

आज खुट्टा टेक्ने भएसी चिन्दिन भन्यो
जसलाई कुनैदिन हिडाइयो आफ्नै छातिबाट

महलका खुशीहरुमा भुइचालो जानेछ
जव हामी मुस्कुराई दिनेछौं झुपडीबाट

कमाउन भन्दा बढि सिकाएन किताबले
बरु बाँच्ने कला सिकिरहेछु जिन्दगीबाट

पत्थरमा शिर झुकाएर कहिल्यै केही पाईन
जति पाउनु पर्ने त्यो पाएको छु साथीबाट

©अर्जुन दृष्टि पौडेल
पोखरा

Saturday, May 3, 2014

गजल~ (छ एउटा बाटो)


पहिला आफ्नै जिन्दगीलाई सिकाउनु छ एउटा बाटो
अनि मात्र दुनियाँलाई बताउनु छ एउटा बाटो

बचपनमा हुँदा सम्म सफर थियो तलाउको
अब चाही पैतालाले गराउनु छ  एउटा बाटो

रहरहरु   हिडाउन  बनाएथें   कुनै  बेला
आज आँखा पखालेर मेटाउनु छ एउटा बाटो

जुन सहरमा बर्सौ देखि हराउदै आएको छु
यहीं भित्र कसैलाई देखाउनु छ एउटा बाटो

अतितका  गोरेटा लाइ   बिर्सनेले  बिर्से  पनि
मलाइभने त्यहि डोबमा बनाउनु छ एउटा बाटो

© अर्जुन दृष्टि पौडेल
पोखरा

कविताः– जन्म दिने आमा


फूलवारीमा धेरै फूल फुल्छन
माता तिर्थ औशीका दिनमा 
कुनै सुगन्ध नभएको जसरी
केही बेर फुल्छन, केही वेरमै ओईलाउछन
ठ्याक्कै जिन्दगी जस्ताे

धेरै आउछन केही स्वार्थको लागि
पलभरमै विलाउछन/हराउछन
तर सधैभरी एकैनासले
जूनैजनूको पालीमाथी राखी रहनुहुन्छ
मलाई जन्म दिने आमाले–
तपाईलाई जन्म दिने आमाले ।।

© अर्जुन दृष्टि पौडेल
पोखरा

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel