Sunday, March 31, 2013
भत्किएको घर हुदा...
फूल काडा उस्तै वेदनाले छुदा
राख्न पर्दो रैछ व्यथा आफैसँग
पीडा कम हुन्न आशुले मुहार धुदा
Labels:
मुक्तक
Friday, March 29, 2013
चिनाउन सकिदैन..
पावरवाला चस्मा लगाउदैमा पटक्कै चिनाउन सकिदैन
तरुनीहरुको नजरलाई कहिल्यै हामीले किनाउन सकिदैन
यता हेर्दा पनि पैसा, उता पल्टिदा पनि पैसा देख्नले
आखिर नयाँ गेटअफले तरुनीलाई छिनाउन सकिदैन ।।।
तरुनीहरुको नजरलाई कहिल्यै हामीले किनाउन सकिदैन
यता हेर्दा पनि पैसा, उता पल्टिदा पनि पैसा देख्नले
आखिर नयाँ गेटअफले तरुनीलाई छिनाउन सकिदैन ।।।
Labels:
मुक्तक
सलाम तिमिलाई...
योवन लुटिए पछि टुटेर गयौं सलाम तिमिलाईआफ्नै भाग्यसँग फुटेर गयौं सलाम तिमिलाई
आफै दिलमा नाम लेखाएर आफै केर्ने वानीले
अन्तै केर्नकै लागि जुटेर गयौं सलाम तिमिलाई
सूर्यलाई हत्लेलाले छेक्छु भन्दै गफहरु दिने केटी
वैंशका प्यास मिलाई छुटेर गयौ सलाम तिमिलाई
समाजको वन्धन अनी वावु आमाको आँखा छलाइ
आफ्नै सवै अंगहरु चुटेर गयौं सलाम तिमिलाई
चोखो प्रिर्तीले सराप्दै थियो ।
अजम्वरी माया तोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
मायालु पाईला मोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
उसको हातमा फुलै–फुल मेरा गह आशुले भिजाई
पराईसँग नाता जोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
मन अनी मनसँग साक्षी राखेर खाएका कमहरु
अहिले आएर छोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
मुटुमा सजाई रोपिएको प्रिर्तीको त्यो फुल आखिर
अन्यत्रै सारी गोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
Wednesday, March 27, 2013
राम शरण श्रेष्ठको गजल भिडीयो
मेरो 3D एनिमेशन डिजाईनमा एक छुट्टै अनुभूति दिलाउने एक भिडीयो
बहुमुखी प्रतिभाको धनी तथा मेरा हृदय मित्र राम शरण श्रेष्ठ ज्यूको शव्द, संगित अनी आवाजमा एक गजल भिडीयो हेर्न नभुल्नुहोला ।
Labels:
मेरो स्वर
गजल वाटिकाको भाग–१५
"गजल बाटिका" हरेक सोमबार राती समय अनुसार सवा नौ बजे देखी १० बजे सम्म रेडियो सुक्लाफाटा एफ.एम ९९.४ Mhz र रेडियो बार्हसिङ्हा एफ.एम १०२.२ Mhz बाट प्रसारण हुने रेडियो कार्यक्रम हो ।गजल बाटिका बिशुद्द गजल बाचन् , गजल संग्रह समिक्षा , गजल सम्बन्धी छलफल , गजल सवाल जवाफ प्रस्तुत गर्ने गर्दछौ । र अर्को कुरा यो कार्यक्रममा हामी गीतको ठाउँमा पनि गजलहरु मात्र बजाउने गर्दछौ । ।www.sfm994.com यो लिन्क्मा गजल बाटिका संसार भर सुन्न सकिन्छ भने मंगलवार देखीwww.arjunpaudel.blogspot.com यो लिन्क्मा सधैं भरी सुन्न सकिन्छ ।
गजल बाटिका को यो अंकमा नेपालकै गजलहस्ती मानिएका पुराना दिग्वज गजलकार (ज्ञानुवाकर पौडेल देखी कृष्ण सिंह पेला) सम्मका गजल समेट्ने प्रयास गरेका छौ ।
र नेपाली गजल लाई माया गर्ने तपाईं सबै गजल मनका लाई यो बिशेष कार्यक्रम अत्यन्त प्रेरणादायी हुनेछ भन्ने विश्वाश लिएका छौ ।
Labels:
गजल वाटिका
Monday, March 25, 2013
Sunday, March 24, 2013
सपना खनालको गजल आवाज भिडियोमा
मेरो एनिमेशन डिजायनमा सञ्चारकर्मी सपना खनालको एक गजल आवाज भिडियो हुर्न नछुटाउनुहोला .
Labels:
मेरो स्वर
Subscribe to:
Posts (Atom)










