Ads 468x60px

Showing posts with label झरेको मान्छे. Show all posts
Showing posts with label झरेको मान्छे. Show all posts

Tuesday, September 11, 2012

धारिलो काँडा जस्तै मेरो मन


धारिलो काँडा जस्तै मेरो मन, बन्छु फूल जस्तै तिम्रै मायाले..... विलाउन लागेको शितको थोपा जस्तै , वहन्छु मूल वनी तिम्रै मायाले ..... छेद विच्छेद जस्तै हुन लागेको मुट, तिम्रै मायाले पुल वनि जोडिरहेको ..... जब तिमी आयौ कण थिएँ धुल भएँ वनायो तिम्रै मायाले...

Monday, July 9, 2012

चुम्यौ किन


आवारा वादल वनी हराएर नै जानु थियो भने.... औशीको रातमा पूर्णिमाको जुनवनी उदायौं किन.....आफ्नो मनलाई आफै सँग छल गर्नु नै थियो भने ....झर्न लागेको डालीको फुललाई चुम्यौ किन....

बसाई सर्न पनि सक्दिन.


माया नै गर्दैनौ मलाई भनेर विश्वास गर्न पनि सक्दिन.. मलाई मात्रै माया गर्छौ भनेर भरमै पर्न पनि सक्दिन.... फसाएर छोडेउ कस्तो अन्योलताको भुमरीमा ? अरु कसैको दिलमा बसाई सर्न पनि सक्दिन...

उस्तै उस्तै हो


काँच यो मेरो मन उस्तै उस्तै हो, त्यो फूल यो मेरो जिवन उस्तै उस्तै हो, खुकुरी तरबार चाहिदैन मुटुलाई रेट्न, त्यो सिङ्गो तन निष्ठुरीको बचन उस्तै उस्तै हो. गरेका पाप पखाल्न मन्दिर भित्र पस्नु पर्दैन, पापीहरुको लागि त्यो केवल ढंगा मात्र हो। दुई दिने सुन्दरताको घमण्ड नगरे हुन्छ, केही दिनमा झरी जाने कर्कलाको पानी जस्तै जस्तै हो..

रहर मेरो.


ओठको हाँसो वनी मेरोअँगालोमा तिमिलाई वेर्ने रहर.....पोखराको हजारौ भिडमा, रूप तिम्रो सधै हेर्ने रहर.....जिन्दगीका अरोहअवरोह तिमी,सँगैसाटी जिन्दगीका प्रत्येक पलमा, तिमी सँगै मात्र जिउने रहर .... तिम्रो सधै खुशीवनी तिम्रै हातको सिरानीमा निदाई सारा सपनाहरू तिम्रो सामु साट्ने रहर... तिम्रै हातले ति सपनाहरु सजाउने रहर मेरो...... मेरो घरतिम्रो धड्कनमा, सधैको लागी रोजी सके दिलको धड्कन तिमीलाई बनाउने रहर

निरिह माझी---


१२ बर्ष पछि खोलो फर्कन्छ भन्छन् त्यो चाही साँचो रहेछ १२ बर्ष पछि मेरो खोलो पनि फर्कियो तर नयाँ छाल……नयाँ धार ……अनि किनारा लिएर त्यसरी फर्किएको खोलासँग मेरो आत्मियता उस्तै तर खोलाको भने छैन नयाँ वर्तमान बोकेर आएको खोलामा पौडि खेल्न सक्छु डुङ्गा मार्फत तर्न नै त्यसैले निरिह माझी बनेर किनारमा टोलाउनु बाहेक सँग अरु केही रहेन.

तिम्रो खुशीमा सामेल बनौ कि फाटेको यो मन सिउँ ?


चारतिरै आज तिम्रै थ्यो चर्चा तिमि नै थेउ जाति ...कसलाई पोफुर्सद थियो हेर्न भत्केको यो छाती ? यो जुनीमा कसैको बिगारगरे झैँ लाछैन....कुन पापको सजाय दियौ नि ईश्वर सहनैभाछैन.. कसलाई देखाऊ अब यो दशा? चुड्यो नि मेरो श्वास फेर्नेनशा, भन कसरि जिउँ ? तिम्रो खुशीमा सामेल बनौ कि फाटेको योमन सिउँ ?

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel