Ads 468x60px

Friday, March 22, 2013

आउ बुद्ध...



नेपाली पोशाक लगाएर आउ बुद्ध
अशान्ती खाडल बगाएर आउ बुद्ध

रगतले मुछिदा तिम्रा पाईला आज
दलाली नेताहरु भगाएर आउ बुद्ध

संसारनै पछि लाग्ने तिम्रो मार्गवाट
शान्तीको बिगुल जगाएर आउ बुद्ध

अखण्ड हाम्रो देश नेपालको लागि
अधुरा कामहरु सगाएर आउ बुद्ध

चाहिएको छ ।




वीर नेपाली एकजुट हुने जात चाहिएको छ ।
हात मुख जोर्ने एकछाक भात चाहिएको छ ।

फेरी पनि देशले रगतको खेल नमागेको हुदा
सादासदाको लागि सहयोगि हात चाहिएको छ ।।

हत्या, हिंसा अनी आंतकको अन्त्यका लागि
वृद्धका ती शान्ती वाणीको खात चाहिएको छ ।।

शान्ती यो देशमा फेरी हिंसाको विगुल होईन
आफ्नो भाग्य लेख्ने सुर्णिम रात चाहिएको छ ।।

भष्ट्र घुसखोरी अनी ती पापी सवैलाई लखेट्न
प्रत्येक सच्चा नेपालीहरु कै लात चाहिएको छ ।।

गयौ तिमी...



पानीमा तेल वनी तर्किएर गयौ तिमी
झर्ने फूलमा विष छर्किएर गयौं तिमी

तिम्रो एकै वचन मिठो कोशिली माग्दा
विझ्ने वचन छाडी झर्किएर गयौ तिमी

तिम्रो त्यो मनको तरेलीवाट हिड्दा हिड्दै
आखिर उल्टो वाटो फर्किएर गयौं तिमी

आँखा भित्रै अटाएर राख्दा पनि आखिर
नमेटिने घाउ वनाई मर्किएर गयौं तिमी 

प्रितीको फूलले...




प्रितीको
 फूलले कोपेरै मार्यौ आखिर
मुटुलाई छेडी भुईमा झार्यौ आखिर

जुन ताराले जस्तै सपना सजाउदा
सपनानै सपना वनि टार्यौ आखिर

आँशु सँगालेर उसकै निम्ती जिउँदा
आँशुको समुन्द्र विचमा पार्यौ आखिर

मसंग जिउने मर्ने खाएका वाँचाहरु
अन्यत्र पाईला मोडेर सार्यौ आखिर

Thursday, March 21, 2013

गजलका थुँगाहरु भाग–३


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 
"अर्जुन पौडेलको परिकल्पनामा" 
गजलका थुँगाहरु श्रृंखला - 3
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-12-05)
नमस्कार साथीहरु, आज मिति 2069-12-05 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको  तेश्रो  श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको तेश्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Download Here

गयौ

मैले आफ्नो सम्झँएथे टाढिएर गयौ
बाध्न खोजेँ एकठाउँ बाँडिएर गयौ
सबै थोक सुम्पिएर पिरतीमा मैले
मेरो मन दुखाएर भाँडिएर गयौ

वनेको छ

हाम्रो माया छ र यो चौतारी वनेको छ
यहा सुख अनी दुखको दौतरी वनेको छ
यस्तो मौका अन्त कहि कतै मिल्छ र ?
जहा सुन्दर शव्दहरुको पोखरी वनेको छ

गईछन उनी

साच्चीकै डांडा काटेर गईछन उनी
पराईसग माया साटेर गईछन उनी
डांडै कटाएर लगेको जाती भाछ मलाई
मसँग योवनका तिर्खा चाटेर गईछन उनी

दशै..





आँखा भित्र आकृति नचाई गयो दशै
आशिसमा लामो आयु बनाई गयो दशै
दिल भित्र हाम्रो चाडपर्व श्रृद्धा भावमा
आपसी एकताको दियो जलाई गयो दशै
 

केही भन्छन जिवन

केही भन्छन जिवन, वगि जाने खोला हो
कोही भन्छन जिवन, पाप बोक्ने झोला हो
खोला, झोला आखिर जसले जे भने पनि
म भन्छु जीवन, नास हुने मोतीको तोला हो

Wednesday, February 13, 2013

गजलका थुँगाहरु भाग–२


नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेकाकुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारीकार्यक्रम- "गजलका थुँगाहरु" सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग
 कार्यक्रमः– गजलका थुँगाहरु
 सञ्चालकः– फुच्ची जमुना र रामकृष्ण पौडेल
 परिकल्पनाकारः– अर्जुन पौडेल

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel