Ads 468x60px

Wednesday, November 27, 2013

कार्यक्रमः– सृजना मञ्च



रेडियो वाराही पोखरा (९९.२ मेगाहर्ज) को प्रस्तुतीः–
समकालिन साहित्यको गोरेटो र मोडहरुको एउटा बिसौनी सर्जक र सिर्जना,
कला र साहित्यको संयोजन
कार्यक्रमः– सृजना मञ्च
प्रस्तोताः– रुपिन्द्र  प्रभावी 
हरेक हप्ताको शुक्रवार राती ९:१५ वजे



Download  :--Click Here

Wednesday, November 13, 2013

Nepali Gazal by Suman Lamsal

गजलकार सुमन लम्साल
"गजलमनहरुलाई फरकपन दिने प्रयासमा" 

अर्जुन दृष्टि व्गलस्पोटको प्रस्तुती
गजलकार चिसापानी, स्याङ्जाली गजलकार सुमन लम्सालको गजल 
उहाकै आवाजमा हेरी सल्लाह सुझावको अपेक्षा राख्दछु ।

गजल/बाचनः– सुमन लम्साल, चिसापानी, स्याङ्जा 
डिजाईन, अर्जुन दृष्टि पौडेल, पोखरा

Wednesday, October 9, 2013

गजल ३२३ (आउछिन उनी)

अनुहारमा पाउडर सजाएर आउछिन उनी
गज्जवका वहाना बनाएर आउछिन उनी

मान्छेको अटेसमटेस भीड लाई छलाउदै
अचम्मैसँग अंग नचाएर आउछिन उनी

जन्मदिनमा उपहार दिएको तीनतले जामा
आफ्नै ठानी लाज पचाएर आउछिन उनी

कहिले पसिना त पानीले भिज्दै आउदा
बस्त्र हेर्दै आफै लजाएर आउछिन उनी

अहिले आएर शंका लाग्दैछ चरित्र माथीनै
किनकी आफ्नै रगत जचाएर आउछिन उनी

Monday, October 7, 2013

शान्ति प्रशाद पोखरेल (अर्जुन दृष्टि)

शान्ति प्रशाद पोखरेल
 दैलेख हाल भारतको कुना काप्चामा
अनगिन्ती भिडमा तिमी नै देखिन्छौ अर्जुन दृष्टि
सच्चाईको हरेक पाटामा लेखिन्छौ अर्जुन दृष्टि ।।

यसैगरी तिम्रो चर्चा हरेक ठाउँ चलिरहोस
दु:ख पश्चात सफलतामा टेकिन्छौ अर्जुन दृष्टि ।।

सबैको सहारा बन निर्दोशलाई ईन्साफ दिदै
दिपबाल्दै हरेक बिहानी भेटिन्छौ अर्जुन दृष्टि ।।

पाखन्डीहरु अगाडि बड्छन सत्यता मिच्दै जब
हरेकको हक दिलाउन फेकिन्छौ अर्जुन दृष्टि ।।

Friday, October 4, 2013

सवाल जवाफ (निश्चल र अनु गौतम) गजल भिडीयो

गजलमनहरुलाई फरक पन दिने प्रयासमा "अर्जुन दृष्टि व्गलस्पोटको प्रस्तुती "

आज निस्चल प्रेमी कान्छा अनु गौतम पोखराको विचको सवाल जवाफ भिडीयो सल्लाह सुझावको अपेक्षा सहित प्रस्तुत गरेको छु ।


Wednesday, October 2, 2013

गजल ३२२ (श्रीमतीलाई)


पतिको नाउँमा राख्नुपर्छ श्रीमतीलाई
आफ्नै पाउँमा राख्नुपर्छ श्रीमतीलाई

आत्तिएर मात्तिनेछन स्वार्थी शहरमा
त्यसैले गाउँमा राख्नुपर्छ श्रीमतीलाई

उडाउन सक्नेहुँदा पसिनाका मुल्यहरु
आफन्तकै ठाउँमा राख्नुपर्छ श्रीमतीलाई

सुख – दुःख सधैभरी वरावरी दिलाउदै
दुखिरहने घाउँमा राख्नुपर्छ श्रीमतीलाई

गजल ३२० (गिज्याउँछ अचेल)

गजलकार नविन नेपालसँग 
पूर्णीमाको जुनले गिज्याउँछ अचेल
दुःखको गुनले गिज्याउँछ अचेल

सरावी तालमा वनेको संगितलाई
साधनाको धुनले गिज्याउँछ अचेल

झुप्राहरुमा वसेर भन्दैछन मान्छेहरु
अकवरी सुनले गिज्याउँछ अचेल

चिनी रोग लागेको मान्छे देखेर
स्वादिलो नुनले गिज्याउँछ अचेल

जातिय विरुद्धमा विचार गराउदा
आफ्नो खुनले गिज्याउँछ अचेल 

गजल ३१९ (कमाउछे धन)

गजलकार रामशरण श्रेष्ठ ज्यूसँग 
कमाउछे  धन उस्ले  रातीको संसारमा
अनौठो निलो डाम देखिन्छ अनुहारमा

अशिक्षा,  अज्ञानता हो की ? वाध्यता
आफ्नो शरिर वेचि रहिछे  वजारमा

जिन्दगीको गोरेटो  खन्न नसकेरै होला
आफ्नै  खुट्टामा  हान्छे वन्चरो हतारमा

छापा मारिएछ हिजो मध्यरातमा फेरी
त्यसैले वनेछ समाचार सवै अखवारमा

प्रश्न चिन्ह उठाई रहदा यही  समाजले
उभिई रहिछे जीवनको अन्तिम हारमा

राम कँडेल (अर्जुन दृष्टि)

राम कँडेल
 बाग्लुङ
यता तिर त पारिएन अर्जुन दृष्टि 
सात समुन्द्र तारिएन अर्जुन दृष्टि १

गजल के लेख्न जानिन्थ्यो हामी
रत फजलमा खारिएन अर्जुन दृष्टि २


मनमा लागेको कुरा आफै लेखें
हाम्लाई अघी सारिएन अर्जुन दृष्टि ३

तेस्तो ठुलो खेलाडी त परीन म
तर कहिल्यै हारिएन अर्जुन दृष्टि ४

बाल्यकाल मैदानमा उत्रिएको हो
सानो भएनी पछारिएन अर्जुन दृष्टि ५ 

राजीन पनेरु (अर्जुन दृष्टि)

राजीन पनेरु
 काठमाण्डौं
प्रत्येक शाखामा अर्जुन दृष्टि छ
लोकभाकामा अर्जुन दृष्टि छ

प्रविधि, विकास, शहर हुँदै हुँदै
गाउँ पाखामा अर्जुन दृष्टि छ

चोरिएला जवानी आत्तिनु पर्दैन
नाका नाकामा अर्जुन दृष्टि छ

एक मात्र लक्ष्य द्रौपदी लैजाने

माछाको आँखामा अर्जुन दृष्टि छ

रहस्य बिक्रम चिमरिया (अर्जुनदृष्‍टि)

संकटमा छु ममाथि लगाइदेउ अर्जुनदृष्‍टि। 
रहस्य बिक्रम चिमरिया
बिर्तामोड झापा नेपाल
सन्ततिका आँखामा जगाइदेउ अर्जुनदृष्‍टि।।

 पुकार सुन आमाको भाब नियाल ति आँखाका। 
फूल जस्ता नानीमा मगमगाइदेउ अर्जुनदृष्‍टि।।

 पीँडा जति भए पनि धैर्यतालाई अंगाल्नु छ।
आँखाबाट आँशुसँगै नबगाइदेउ अर्जुनदृष्‍टि।।

माछाहरु सधैं प्रार्थना गर्दै भनिरहेछन्।
 हे प्रभु! बकुल्लाको भगाइदेउ अर्जुनदृष्‍टि।।

आफ्नै धर्तीमा भएको रहस्य अमुल्य खोतल्न। 
खुलेका नयनलाई सगाइदेउ अर्जुनदृष्‍टि।। 

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel