Ads 468x60px

Showing posts with label अर्जुन दृष्टि. Show all posts
Showing posts with label अर्जुन दृष्टि. Show all posts

Monday, October 7, 2013

शान्ति प्रशाद पोखरेल (अर्जुन दृष्टि)

शान्ति प्रशाद पोखरेल
 दैलेख हाल भारतको कुना काप्चामा
अनगिन्ती भिडमा तिमी नै देखिन्छौ अर्जुन दृष्टि
सच्चाईको हरेक पाटामा लेखिन्छौ अर्जुन दृष्टि ।।

यसैगरी तिम्रो चर्चा हरेक ठाउँ चलिरहोस
दु:ख पश्चात सफलतामा टेकिन्छौ अर्जुन दृष्टि ।।

सबैको सहारा बन निर्दोशलाई ईन्साफ दिदै
दिपबाल्दै हरेक बिहानी भेटिन्छौ अर्जुन दृष्टि ।।

पाखन्डीहरु अगाडि बड्छन सत्यता मिच्दै जब
हरेकको हक दिलाउन फेकिन्छौ अर्जुन दृष्टि ।।

Wednesday, October 2, 2013

राम कँडेल (अर्जुन दृष्टि)

राम कँडेल
 बाग्लुङ
यता तिर त पारिएन अर्जुन दृष्टि 
सात समुन्द्र तारिएन अर्जुन दृष्टि १

गजल के लेख्न जानिन्थ्यो हामी
रत फजलमा खारिएन अर्जुन दृष्टि २


मनमा लागेको कुरा आफै लेखें
हाम्लाई अघी सारिएन अर्जुन दृष्टि ३

तेस्तो ठुलो खेलाडी त परीन म
तर कहिल्यै हारिएन अर्जुन दृष्टि ४

बाल्यकाल मैदानमा उत्रिएको हो
सानो भएनी पछारिएन अर्जुन दृष्टि ५ 

राजीन पनेरु (अर्जुन दृष्टि)

राजीन पनेरु
 काठमाण्डौं
प्रत्येक शाखामा अर्जुन दृष्टि छ
लोकभाकामा अर्जुन दृष्टि छ

प्रविधि, विकास, शहर हुँदै हुँदै
गाउँ पाखामा अर्जुन दृष्टि छ

चोरिएला जवानी आत्तिनु पर्दैन
नाका नाकामा अर्जुन दृष्टि छ

एक मात्र लक्ष्य द्रौपदी लैजाने

माछाको आँखामा अर्जुन दृष्टि छ

रहस्य बिक्रम चिमरिया (अर्जुनदृष्‍टि)

संकटमा छु ममाथि लगाइदेउ अर्जुनदृष्‍टि। 
रहस्य बिक्रम चिमरिया
बिर्तामोड झापा नेपाल
सन्ततिका आँखामा जगाइदेउ अर्जुनदृष्‍टि।।

 पुकार सुन आमाको भाब नियाल ति आँखाका। 
फूल जस्ता नानीमा मगमगाइदेउ अर्जुनदृष्‍टि।।

 पीँडा जति भए पनि धैर्यतालाई अंगाल्नु छ।
आँखाबाट आँशुसँगै नबगाइदेउ अर्जुनदृष्‍टि।।

माछाहरु सधैं प्रार्थना गर्दै भनिरहेछन्।
 हे प्रभु! बकुल्लाको भगाइदेउ अर्जुनदृष्‍टि।।

आफ्नै धर्तीमा भएको रहस्य अमुल्य खोतल्न। 
खुलेका नयनलाई सगाइदेउ अर्जुनदृष्‍टि।। 

Thursday, September 26, 2013

सुक परियार (अर्जुन दृष्टी)

हाल सुनाऊ मेरो पोखराको अर्जुन दृष्टी!
सुन्छु पातले छांगा छहराको अर्जुन दृष्टी!!
सुक परियार
कास्की पोखरा हाल कत्तार 


लुकामारी खेलेर फेवातालको आँगनिमा!
माछापुछ्रे ले गर्ने नखराको अर्जुन दृष्टी !!

चिर्दै छाती बग्दथ्यो सेती गण्डकी सेरोफेरो!
गुञ्जन्छन छनछनि क़राको अर्जुन दृष्टी !!

बगाए मोती यहाँ सुन फल्नेछ एक दिन !
बिशाल फाँट अनि ती गराको अर्जुन दृष्टी !!

म गर्दछु स्मरण आँखामा उही आकृति !
प्राकृतिक सौन्दर्य हरा भराको अर्जुन दृष्टी!!

आँशु एकलयात्री आँशु (अर्जुन दृष्टी )

हजारौँको आँखामा म देख्दैछु अर्जुन दृष्टी ।
पीरतीको भाकामा म देख्दैछु अर्जून दृष्टी ।।

आँशु एकलयात्री आँशु
नुवाकोट 
सच्चा नेपालीको शान बोकेर नै हुनुपर्छ ।
दौरा सुराल ढाकामा म देख्दैछु अर्जुन दूष्टी ।।

हो उ झुक्दैन अनि डराउँदैन कसैसँग ।
पूर्व पस्चिम नाकामा म देख्दैछु अर्जुन दृष्टी ।।

सौन्दर्य थपेका छन वातावरणले पनि । 
कोईलीको भाकामा म देख्दैछु अर्जुन दृष्टी ।।

हिमाल पहाड तराई बिभाजित भए नि ।
नेपालकै काखमा म देख्दैछु अर्जुन दृष्टी ।

(माधव सागर ) अर्जुन दृष्टि

माधव सागर
विराटनगर, हाल भारत 
जब जब लेख्छु गजल याद आउछ अर्जुन दृष्टि।
मेरो हरेक शव्द सँग मायाँ लाउछ अर्जुन दृष्टि।

पोखरेली ठिटो हेर फेवातालको डुङ्गा सङ्गै।
नयाँ नेपाल बनाउने गीत गाउछ अर्जुन दृष्टि।

नेपालीको मन मुटुमा देश भक्तिको दियो बाल्न।
साहित्यको बाटो गरी हरपल धाउछ अर्जुन दृष्टि। ।

तरवारको धार होइन कलम सँग खेल्ने गर्छ।
वालक,युवा,व्रिद्ध सब को मायाँ पाउछ अर्जुन दृष्टि।

गाउ शहर खोला नाला सबैतिर शान्ती खोज्दै।

 बुध्द हिंड्ने बाटो लाई पहिल्याउछ अर्जुन दृष्टि।

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel