तिन साथिहरु अन्धो,लगङ्डो, र भिखारि रहेछन।
तिनै जना फिलिम हेर्न हलमा गएछन। फिलिम शुरु भएछ।
अन्धोः वाह! यार आर्यनको एक्टिङ त क्या राम्रो छ नि, ईन्टरबल भएछ। र सबै बाहिर आउन लाग्दा एउटा केटाबाट लगङ्डोलाई धक्का लागेछ।
लगङ्डोः ओए! लगङ्डो भनेर हेप्सस, साले अहिले एक किक दिएर तेरो बत्तिस खसाई दिन्छु अनि थाहा पाउलास।
भिखारीः ठोक! साला लाई ठोक! दाँतै भाचि दे दुई,चार लाखको कुरो त हो। परेको म बेहोर्छु ।
Monday, July 9, 2012
अन्धो,लगङ्डो, र भिखारि
घोप्टे को बाउ-छोरा
को exam पछी को बार्तालाप्:
बुवा: exam कस्तो भयो त ?
घोप्टे: १ नम्बरको प्रश्न मात्रै छुट्यो ।
बुवा: मतलब अरु सबै मिलाईस ?
घोप्टे: सबै त मिलेन, ३ नम्बरको मलाई आएन्, ४ नम्बरको गर्न भुले,
... ५ नम्बर मैले देखेन, अनि ६ नम्बर पेपर को पछडी पट्टी रैछ त्यो त झन कहाँबाट देख्नु । बुवा(रिसाउदै ): साले अनि २ नम्बर नि २ नम्बर ?
:
:
:
घोप्टे : हो तेइ प्रश्न मात्रै गलत भको छ !!!
अहिलेका पुस्ता
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न ...
धुर्मुसे
धुर्मुसे सानै हुँदाको कुरो हो‚ उसलाई शिक्षकले सोधेछनः
शिक्षकः तँ ठूलो भएर के गर्ने ?
धुर्मुसे:विहे ।
शिक्षकः हैन‚ मैले भन्न खोज्या‚ के हुन्छस् ?
धुर्मुसे: दुलाहा ।
शिक्षकः कस्तो कुरा नवुझेको‚ ठूलो भएर के हासिल गर्छस् भनेको ?
धुर्मुसे: दुलही ।
शिक्षकः उफ्‚ तँ ठूलो भएपछि आफ्ना बाउको लागि के गर्छस् भन्या ?
धुर्मुसे: बुहारी ल्याउँछु ।
शिक्षकः गधा‚ तेरा बाउ तँ संग के चाहन्छन् ?
धुर्मुसे: नाति नातिना ।
शिक्षकः हे भगवान‚ तेरो जीवनको उद्देश्य कै हो भनेको ?
धुर्मुसे: सन्तानले डाँडा काँडा ढाक्ने ।
शेरेको चर्तिकला
शेरेलाई जागिरबाट निकालेपछि उ प्रत्येक दिन हाकिमको घरको गेट अगाडि गएर दिसा गर्न लागेछ ।
शेरेको चर्तिकला देखेर
हाकिम: ए गधा के गरिरहेको त्यहाँ ?
.
.
.
.
.
.
शेरे: म तपाईलाई यो देखाउन चाहन्छु कि जागिरबाट निकालेपनि खान नपाएर म मरेको छैन ।
रोमांटिक मुड मा
रोमांटिक मुड मा !!!!
केटि: तिमि मलाई कति माया गर्छौ?
केटा: मेरो दिल मोबाईल हो तिमि तेस्को सिम कार्ड हौ..
केटि: भगवान म कति धेरै भग्यमानि छु..केटा : Thanks GOD येस्लाई के थहा मेरो चाईनिज मोबाईल मा 5 वटा सिम कार्ड जान्छ भन्ने..
काजीसाब
समय दाईना भयो भने जे पनि हुन्छ हेर्नुस् यो फुटेको कर्म त्यस्ती स्वास्नी परो अहिले घरबाटै निकाल्देकि छिन् यस्तो ह्यान्सम पाउँदा नि त्यो अप्सराले मलाई । :( त्यल्लाई म अहिले नै डिभोस्र दिन्छु काजीसाब !!!
......................................................................................
एउटी सासुले आफ्ना तिन ज्वाईंहरुको माया थाहा पाउन पोखरीमा हाम फालिन् ।
ठूलो ज्वाईंले उनलाई बचाए र सासु आमैले उसलाई मर्सिडिज कार उपहार दिईन् ।
अर्को दिन फेरी हामफाल्दा कान्छो ज्वाईंले उनलाई बचाए र उनले रोयल ईन्फिल्ड बाईक पाए ।
तेस्रो दिन फेरी हामफाल्दा माईलो ज्वाईले सोचे "अब एउटा साईकल बाँकी छ के को टाउको दुखाउनु!"
र सासु आमै डुबेर मरिन तर उनले ५ तले घर नै उपहार पाए ।
... कसरी ?
.
.
.
.
.
.
ससुराले उपहार दिएछन् ।





