Ads 468x60px

Saturday, September 22, 2012

फरकपनको श्रृजना

स्वर्गकी परीहरुका यादमा सधै भरी रात काँटे
उनीहरुका लागि जामा अनी मेरा कट्टु फाँटे

एक्लै यादहरु भगाउन उसकै नाम जप्ने धोको
जति प्यास पिलाउदा पनि सधै मायाको भोको 

वैंशका तिर्खा मेटाउने त्यो काली मोरीको घेरो
एकान्तमा सम्झी सम्झी विग्रने भयो तन मेरो

मोरीको आगमनका दिनमा दारी जुँगा सवै काँटे
वारसय थान कोट पाईन्ट अनी सुरवालहरु फाँटे

स्वर्गकी परी मानी विस्तारामा तलमाथी गरी रुँदा
पटक्कै शान्ती भएन यौवन तिर्खा रातभरी धुँदा
मनका तिर्खालाई थाम्नु बच्चा देखिकै खेल हुँदा
सपनीमै भएपनि निको हुन्थ्यो मेरीले ठाउँमै छुँदा

Wednesday, September 19, 2012

मेरो परिचय


अनुरोध 
मिलन अनी विछोडको भावमा बहदा,पागलप्रेमी नमान्नुहोला 
बेदनाको रंगवाट आनन्द फैलाउँदा,अनुभूतीका पीडा नठान्नुहोला 

आगो पिएको कल्पनामा डुवी, जुनको शितलता छर्दा
पागलको संसारमा यो अर्जुन पौडेलाई नराख्नुहोला 


खासै साहित्यक विधामा पोक्त त छैन, तैपनि नेपाली शव्दसँग भलाकुसारी,लुकामारी खेली मनको तरंगवाट उत्पादित शव्दलाई सुन्दर वनाउने प्रयास गरी तपाईहरु माझ पस्कने गर्दछु....
अर्जुन पौडेल 


संक्षिप्त परिचय 

नाम       :–  अर्जुन पौडेल 
जन्म मिति  :– २०४५ वैशाख १० गते 
स्थायी ठेगाना:–  विचारीचौतारा–२ फुलवारी,स्याङ्गजा 
हाल       :–  पोखरा–१७, कास्की 
पेशा       :–  कालिका कम्प्युटर एण्ड सप्लार्यस पोखरा 
वैवाहिक स्थितीः– एकल (Signal)
ब्लगनाम   :–  जीवन खुल्ला पुस्तकालय  
अन्यसेवा   :–  कानूनी व्यवसायी (लेखनदास)
अध्ययनः–
  • एल.एल.सी. (श्री जनप्रिय माध्यामिक कमेरे–१, स्याङ्गजा 
  • दश दई जोड (श्री जनप्रिय उच्च माध्यामिक सिमलचौर, पोखरा)
  • स्नातक, वि.वि.एस. (पृथ्वीनारायण क्याम्पस, पोखरा) अध्ययनरत 
संलग्नताः–
  • Computer Association of Nepal-Kaski (Member)
  •  नेपाल लेखापढी व्यवसायीक संघ, कास्की
    प्रकाशित कृतीहरुः–
    • विभिन्न सञ्चार माध्याम, पत्रपत्रिका, वेवसाईट, व्लग पेजमा लेख, रचना गजल, हाईकू, कथा 
    • गजल संग्रह “जीवन खुल्ला पुस्तकालय” तयारीमा         
    सम्पर्कः–
    फोन नं. :- ९८५६०३३०४६
    इमेल   :–  ab.arjunp@gmail.com/ ab.arjunp@yahoo.com


    ----------------------------------------------------------

    मेरो आफ्नै प्राईभेट अफिसको वारेमा 
           कुनै पनि देश विकासको लागि सुचना तथा प्राविधिक क्षेत्रले महत्वपूर्ण भुमीका खेलेको हुन्छ  जव सुचना तथा प्राविधिक क्षेत्रको विकास हुन्छ तव देशका जनता शिक्षीत हुन्छन्  देशको विकाश सम्भव हुन्छ  त्यसकारण देश विकास तथा जनतालाई शिक्षित वनाउनका लागि यस क्षेत्रले महत्वपूर्ण भूमीका खेलेको हुन्छ नेपालको प्रसिद्ध रमणीय तथा पर्यटकीय स्थल सुन्दर नगरी पोखरामा अवस्थित तथा माछापुच्छे«को काखमा साथै फेवातालको आगनमा रहेको एक व्यवसायीक संस्था कालिका कम्प्युटर एण्ड सप्लायर्सले विगत १०१२ वर्ष देखी यता आफ्ना विभिन्न सेवा तथा सुविधा पु¥याउदै देशको सुचना तथा प्राविधिक विकासमा विषेश सहयोग पु¥याएको   यो व्यवसायीक संस्था राष्ट्रवैंक चोक– वडा नं मा अवस्थित  
    वि. २०५६ सालमा प्राइभेट फर्म रजिस्ट्रेशन ऐन २०१४ अनुसार दर्ता भई स्थापना भएको प्रा.लीहो  यस प्रा.ली.ले सुचना तथा प्रविधि क्षेत्रमा विभिन्न कार्य गरी स्वेदशी तथा विदेशी जनतालाई सुचना तथा प्रविधिको शिक्षा दिई देशको सुचना तथा प्रविधि क्षेत्रमा महत्व पुर्र्ण सहयोग पु¥याउने काम गर्दछ  यसको प्रमुख कार्र्य All Computer Course, All Types Computer Sales,  All Type Printer Sales, All Types Computer Maintenance, Computer Print, Color Print , Color Photocopy, Photocopy, Lamination, Logo Design, Certificate Design, Printer Maintenance, Cartage Refill, Fax, Emil + Internet Air Ticketing, Bus Ticketing, Telephone etc. 

            आजको व्यावसायीक आधुनिक जगतमा कुनै पनि व्यावसयिक संस्था प्रतिस्पर्धाविना बच्न सक्दैन  त्यसैले कुनै पनि व्यवसाय्ीक संस्थाले द्धिर्घकालीन रुपमा सफलता हासील गर्न तथा आफ्नो स्थायीत्व प्राप्त गर्नको लागी धेरै कुराहरुमा ध्यान दिनुपर्दछ  त्यसै गरी यस संस्थाले पनि आफ्नो स्थापना कालदेखी नै आफ्ने कार्यक्षेत्रमा पुर्णरुपले सफलता हासील गर्दै आएको   फलस्वरुप शुरुको स्थापना कालमा राष्ट्रवैक चोकमा प्रधान कार्यालय गर्दै आएको  अहिले पृथ्वीचोकन्यूरोड पोखरा तथा स्याङ्जा जिल्लाको हेलुईमा पनि शाखा विस्तार गरेको पाईन्छ  कयौं स्वदेशीतथा विदेशी जनतालाई कम्प्युटर शिक्षाकम्प्युटर विक्री तथा मर्मतफोटाकपी तथा कम्प्युटर सम्वन्धी सम्पुर्ण सेवा प्रदान गर्दै आएको   नेपालमा सुचना तथा प्रविधि युगमा गुणस्तरको छवी बनाएर चल्ने प्रा.ली.हरु मध्येमा कालिका कम्प्युटर एण्ड सल्लायर्स प्रा.लीपनि एक हो 

    Tuesday, September 11, 2012

    धारिलो काँडा जस्तै मेरो मन


    धारिलो काँडा जस्तै मेरो मन, बन्छु फूल जस्तै तिम्रै मायाले..... विलाउन लागेको शितको थोपा जस्तै , वहन्छु मूल वनी तिम्रै मायाले ..... छेद विच्छेद जस्तै हुन लागेको मुट, तिम्रै मायाले पुल वनि जोडिरहेको ..... जब तिमी आयौ कण थिएँ धुल भएँ वनायो तिम्रै मायाले...

    तीज विशेष



    अव उत्ताउलो प्रवृत्ति छाएरै तीज मनाईन्छ
    डिस्कोमा वियरसँग दर खाएरै तीज मनाईन्छ

    सधैभरी चुलाचौका कति गरौं हजुर मेलापात
    भैसी वेचीवेची ज्वलर्स धाएरै तीज मनाईन्छ

    पवित्र जन्मथलो माईती गाउँ आँगन भुलीकन
    पार्टी प्यालेस जताततै आएरै तीज मनाईन्छ

    ईज्जत ढाक्ने पहिरन गुन्यू चौबन्दी फाली
    नाईटो देखाउने साडी लाएरै तिज मनाईन्छ

    आफ्नै संस्कृती अनी रितीरिवाज सबै भुली
    पुरुषका रत्यौली भाखा गाएरै तीज मनाईन्छ

    Thursday, September 6, 2012

    खुशी छु म



    फूलै फुलको थुँगा पाएर खुशी छु
    नतोडिने कसम खाएर खुशी छु

    गोधूली साँझमा घामको पाईला खोज्न
    मायालुको वस्तीमा धाएर खुशी छु

    तिम्रै निम्ती कोरिएका सुन्दर गजल
    मन्दमन्दमा आफै गाएर खुशी छु

    सारा वन्धन हटाई मनको पीडा मेट्न
    जूनीभरको माया लाएर खुशी छु ♥♥

    Friday, August 31, 2012

    कुन काम पहिला कस्ले सुरु गर्यो ?


    मादक पदार्थ ------ भगवान शिव
    डान्स बार --------- भगवान इन्द्र
    चोर्ने --------------- भगवान कृष्ण
    पर गमन --------- भगवान बिष्णु
    अत्यधिक सेवन --- भगवान गणेश
    कुरा काट्ने --------- नारद मुनि
    बिश्वाश गरि हाल्ने - भगवान राम
    कोठी ------------------द्रौपती

    फोकटमा हाम्लाई मात्र किन दोष ???

    "अठोट" एक अर्थ अनेक


    ) मित्रहरूलाई गरिने अठोट को अर्थ हो - विस्वसनिय हुनु
    ) ग्रहाकहरूलाई गरिने अठोट को अर्थ हो - राम्रो सेवा दिनु
    ) वैबाहिक सम्बन्धमा गरिने अठोट को अर्थ हो - वफादार हुनु

    ) शिश्टताप्रतीको अठोट को अर्थ हो - शालिन भद्र हुनु

    ) राश्ट्रियताप्रतीको अठोट को अर्थ हो - समर्पण
    ) कामप्रतीको अठोट को अर्थ हो - निश्ठा इमान्दारिता
    ) समाजप्रतीको अठोट को अर्थ हो - जिम्वेवार हुनु

    "सम्बन्धको जड अठोट हो,सामिप्य हितैशीपन होइन"

    Sunday, August 12, 2012

    मात्रै भयो


    माया पीरती अर्कैको नासो मात्रै भयो
    शुत्रु वैरी दुनियालाई हाँसो मात्रै भयो

    मुटु टुक्राएर उसैलाई भाग दिदा पनि
    आज हाँसोखुशी रोक्ने पासो मात्रै भयो

    पाए हुन्थ्यो


    तिम्रै मनको आगनीमा खुल्न पाए हुन्थ्यो
    कलेजी मुटुमा सधैभरी फुल्न पाए हुन्थ्यो

    गन्त्व्यविहीन जिन्दगीको थकाई यात्रा
    मायालुको काख वसी भुल्न पाए हुन्थ्यो

    नदिए हुन्छ



    कसैको मुटुमा वास नदिए हुन्छ
    तिर्खा मेटाउने गास नदिए हुन्छ

    पोखिएका तिम्रा योवनका खुशी
    मुटु फुटाउछु त्रास नदिए हुन्छ

    Tuesday, August 7, 2012

    आत्मवाटै भन्छु जन्मघर छोडी आउ



    आत्मवाटै भन्छु जन्मघर छोडी आउ
    समाज र परिवारको जेल तोडी आउ


    जिन्दगीभर आँखाभित्रै अटाएर राख्छु
    जुनीजुनी भरलाई पाईला मोडी आउ

    सल्लाह सुझाव छोड्नुहोस

    मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel