Ads 468x60px

Wednesday, July 10, 2013

गजल ३११ (सल्कि रहेछ)

मनमा अदृश्य आगो सल्कि रहेछ
अधुरो अमर कहानी ढल्कि रहेछ

रोक्न खोज्छु सधै जवरजस्ती आशु
टिलपिल गर्दै नयनमा छल्कि रहेछ

रगतले कोरेका चिठी च्याती फाल्दा
विहानीको शितहरु झै टल्कि रहेछ

हाँसेर बैगुनीले दिलमा काँडा रोप्दा
मुटुमा विझाउने घाउ पल्कि रहेछ 

गजल ३१० (रुन्छ मन)

अनौठो सम्वन्ध सम्झेपछि रुन्छ मन
रहस्यमय हजार सपनालाई उन्छ मन

एउटा शून्यताले ढाक्दा मनको छेउमा
औशीको रातामा तानावाना वुन्छ मन

वितेका छन विरसिलो दिनहरु बन्दै
जताततै उस्कै आभासमा हुन्छ मन

गोधुलीमा घामको पाईला तल भर्दा
वसन्तको मधुमास वनि छुन्छ मन  

Thursday, July 4, 2013

Anu Gautam's gazal Listen & Download

Anu Gautam

अनु गौतमको गजल यात्रामा थप हैसला प्रदान गर्ने स्वरुप, उहाँको गजल उहाँकै आवाजलाई साउण्ड मिक्सीङ्ग गरी व्लगमा राखि दिएको छु, सल्लाह सुझाव दिनुहोला
तपाईको आवाजमा पनि यस्तै साउण्ड राख्ने ईच्छा छ भने मेरो यस ab.arjunp@gmail.com आईडीमा पठाई दिनुहोला । धन्यवाद 

Download Here

Wednesday, June 26, 2013

गजल ३०९ (नजिकै आउ)

नजिकै आउ भन्यौ आईदिए
माया लगाउ भन्यौं लाईदिए


हियार भित्र थन्केका पिरका
गीतहरु गाउ भन्यौं गाइदिए

मेरै सम्झनाले डस्ने मनमा
मायाले छाउ भन्यौ छाईदिए

गुलाव फुलझै खुशी बसाउन
मझेरीमा धाउ भन्यौं धाईदिए

Friday, June 7, 2013

गजल ३०८ (गजलकारहरु)


आफ्नै शुरका हुन्छन गजलकारहरु 
भावनामा बगि रुन्छन गजलकारहरु 

आगोलाई पिएको कल्पनामा डुवेर 
जुनको शितलता दिन्छन गजलकारहरु 

भोगाई भन्दा कल्पनाका चित्रहरुलाई 
शव्दवाट शेरमा उन्छन गजलकारहरु
 
अन्याय, अत्यचारहरु तिरस्कार गरी
समाजका आवाज सुन्छन गजलकारहरु 

गजल ३०७ (अर्जुन पौडेल)

बुझ्नेलाई सधै नम्वरी सुन अर्जुन पौडेल
नवुझ्नेलाई मकै भित्रको घुन अर्जुन पौडेल

जस्तालाई तेस्तै ढिडालाई निस्तै वानी हुँदा
उज्यालो दिने पूर्णीमाको जुन अर्जुन पौडेल

भाग्यको दोष नठानी कर्ममा सपना सजाउदै
गासहरु बढाउने स्वादिलो नुन अर्जुन पौडेल
...
वासुरीको सुर उस्तै तवलाको तालमा जस्तै
आफ्नै सुरको सुसेलीको धुन अर्जुन पौडेल

गजल ३०६ (मरिन्छ भोली)

मरिन्छ भोली आज बाटो समाउनु पर्ने
हुदैन कात्रोमा गोजी तैपनि कमाउनु पर्ने

गईन्छ एकदिन त्यो हरियो वासमा नांगै
आज रंगिबिरंगी लुगा बेरी लगाउनु पर्ने

मिसिन्छ भौतिक शररी अवश्य माटो वनि
बाचुञ्जेल तेरो मेरो मान्दै जमाउनु पर्ने

गजल ३०५ (उकाली चढ्छ)

उकाली चढ्छ मन कहिले
ओराली झर्छ तन कहिले

आवारा   बादल  झै  बनेर
क्या सताउछ झन कहिले

मेटाउदै जाँदा ती सम्वन्धहरु
गनाउछ आफ्नोपन  कहिले

अरुको आत्मा रुवाई जोड्दा
हराउछ पक्कै  धन  कहिले

Sunday, April 28, 2013

गजल ३०४ "कुचोको आयु"

कुचोको आयु जस्तो हाम्रो जीवन
पग्लिने नुनझै सस्तो हाम्रो जीवन

रित्तै गईन्छ हरियो वासमा चढेर
आज तेरोमेरो यस्तो हाम्रो जीवन

वस्दा ढाड दुख्छ उभिदा खुट्टा
खादै फाल्ने कस्तो हाम्रो जीवन

कहिले आफन्त त पराईले डस्दा
पीडामा दुखै उस्तो हाम्रो जीवन

Friday, April 26, 2013

फुच्ची जमुनाको आवाज (गजल भिडीयो)


गजलः– मेरो प्यारमा अलिकति 
गजल आवाजः– फुच्ची जमुना, चितवन 
डिजाईनः– अर्जुन पौडेल, पोखरा 

Monday, April 22, 2013

गजल ३०३

पूर्णिमाको रातमा जून रुन्छ अचेल
अरुलाई लगाएको गुन रुन्छ अचेल

नियतीको यो खेलमा नाच्दा आखिर
सुमधुर वासुरीको धुन रुन्छ अचेल

दुखि मनवाट उजाड वस्ती बन्दा
गाँसहरु वढाउने नुन रुन्छ अचेल

दिन प्रतिदिन ओराली झर्दा मुल्य
घाटीमा भिरेको सुन रुन्छ अचेल

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel