Ads 468x60px

Thursday, December 25, 2014

कबिता (ढलेको रुख)

कसले बिगारी दियो तिम्रो मन
जबानी  किनबेच हुने बजारमा बसेर
तौलिदै छौ शरीरको मोल

कति हजारको नोटमा छिनोफानो गयौ
कर्कलाको पात माँ अडिएको पानी झै
टिलपिल गरीरहेको जबानी

कुन खाडलमा पुरियको छ
तिम्र्रो इज्जत को अस्तीत्व
र करोडौ दुखले थिचीए जस्ती देखिंछौ ?

कसले चिथोरो तिम्रा गाला
तिमीमा तिम्रो सुगन्ध भेटीदैन

कहा कहा पुरयौउ अहिले सम्म
त्यों तिम्रो यौवनको प्यास
र बन्यौ सीदान्तहीन
करोडौ आसुहरुको यौटा बस्तिमा

आखिर अहिले के बन्यौ ?
तिम्ररा आखा छन , दृष्टी छैन
तिम्रो मुख छ शब्द छैन
तिम्रा हात छन साथ छैन

तिमि संग सबथोक भय पनी
केही नभए जस्ती

चौतारीको ढलेको रुख जस्तै किन देखिएकी छौ ?

© अर्जुन दृस्टि पौडेल

गजल (यी मान्छेले ईष्वरलाई पनि)

यी मान्छेले इश्वरलाई पनि यसरि झुक्याउने  छन
भगवान भेटिदा समेत पत्थरको हात समाउने छन्

आज सुनको गलैचामा हिड्न लगाउनेहरुले 
भोलि पाइताला पगालेर बाटो बनाउने छन

अझै पनि हामीहरु चस्मा लगाई राख्यौ भने
उज्यालोलाइ देख्दा खेरि आँखाहरु डराउनेछन

यी अभाबहरू भन्नु पनि त शिक्षकहरू रहेछन
जसले जिन्दगीको बर्णमाला हरघडी  सिकाउनेछन

यता आउदा यहि कुराले  काँडासरि घोचिदिन्छ
मेरो लागि धेरै जना आफ्नो आँखा बिछ्याउनेछन्

गजल (ब्यापार रहेछ परीबर्तन)

ब्यापार रहेछ परिबर्तन हरक्षण बदलिन्छ   
हिजो मान्छे बेचियो भोलि समय बेचिन्छ
 
ज़िन्दगी पनि एक चन्द्रमा जस्तो लाग्छ
हरबखत कुनै न कुनै ठाउमा दाग देखिन्छ

तिम्रा यादहरू सबै आँखाबाट बगाइदिए
अब किनाराका बगरहरुको प्यास मेटिन्छ

यो मन हलुंगो बनेको जस्तो लाग्दैछ अचेल 
सायद तिम्रो दिलको तलाउमा पनि तैरीन्छ

धैर्य र प्रयास रहेछ मान्छे भएर बाच्ने कला
एउटा मात्र गुम्यो भनेपनि जिन्दगि सकिन्छ 

© अर्जुन दृष्टी पौडेल
पोखरा 

कबिता (दशै)

कयौ बिवश्तामा अल्झिएर
गुमनाम गुमनाम
हुदै गएका
हजारौ सपनाझै,

चाहना थुपारीएका भकारीमा
बाध्यताको जिन्दगी देखेर
तप तप
बिलाईरहेको
बलुवाको पानीझै,

हावाले उडाएर
यत्रतेत्र छिरलिएका
सडक वस्तुहरूका
अन्तहीन गन्धझै,

आयुको
अन्तिम अबधीले
बिस्तारै-बिस्तारै
नजिक आएर बोलाएझै ।

हरेक बर्ष
आइपुग्छ - दशै
करोड़ौ आशुहरुको बस्तीमा
 बनेर शितका थोपाझै  ।।
© अर्जुन दृष्टी पौडेल

Tuesday, July 22, 2014

गज़ल~ (आफ्नो परिधीबाट)


शितल गिरी, कमल संघर्ष,
किशान र गाउले ठिटो सँग 
जिन्दगी बुझाउछ उसले आफ्नो परिधीबाट
सिकेर कहिले पो सकिन्छ र नदीबाट

आज खुट्टा टेक्ने भएसी चिन्दिन भन्यो
जसलाई कुनैदिन हिडाइयो आफ्नै छातिबाट

महलका खुशीहरुमा भुइचालो जानेछ
जव हामी मुस्कुराई दिनेछौं झुपडीबाट

कमाउन भन्दा बढि सिकाएन किताबले
बरु बाँच्ने कला सिकिरहेछु जिन्दगीबाट

पत्थरमा शिर झुकाएर कहिल्यै केही पाईन
जति पाउनु पर्ने त्यो पाएको छु साथीबाट

©अर्जुन दृष्टि पौडेल
पोखरा

Saturday, May 3, 2014

गजल~ (छ एउटा बाटो)


पहिला आफ्नै जिन्दगीलाई सिकाउनु छ एउटा बाटो
अनि मात्र दुनियाँलाई बताउनु छ एउटा बाटो

बचपनमा हुँदा सम्म सफर थियो तलाउको
अब चाही पैतालाले गराउनु छ  एउटा बाटो

रहरहरु   हिडाउन  बनाएथें   कुनै  बेला
आज आँखा पखालेर मेटाउनु छ एउटा बाटो

जुन सहरमा बर्सौ देखि हराउदै आएको छु
यहीं भित्र कसैलाई देखाउनु छ एउटा बाटो

अतितका  गोरेटा लाइ   बिर्सनेले  बिर्से  पनि
मलाइभने त्यहि डोबमा बनाउनु छ एउटा बाटो

© अर्जुन दृष्टि पौडेल
पोखरा

कविताः– जन्म दिने आमा


फूलवारीमा धेरै फूल फुल्छन
माता तिर्थ औशीका दिनमा 
कुनै सुगन्ध नभएको जसरी
केही बेर फुल्छन, केही वेरमै ओईलाउछन
ठ्याक्कै जिन्दगी जस्ताे

धेरै आउछन केही स्वार्थको लागि
पलभरमै विलाउछन/हराउछन
तर सधैभरी एकैनासले
जूनैजनूको पालीमाथी राखी रहनुहुन्छ
मलाई जन्म दिने आमाले–
तपाईलाई जन्म दिने आमाले ।।

© अर्जुन दृष्टि पौडेल
पोखरा

Monday, March 24, 2014

कविता “प्रेम पत्र”

उडाई रहेछ हावाले खुल्ला आकासमा
कवि, गजलकार
डा. निरज भट्टराईसंग 
सायद, कसैले देख्न सकेका छैनन्
च्यातिएका मेरा प्रेमपत्रका टुक्राहरु ।।

जव,
टुक्राटुक्रा भएका ती मेरा शव्दहरु
जोडिनेछन अक्षर अक्षर मिलेर
र, शव्दहरुले कविताको आकार लिनेछन् ।।


सायद,
उसैलाई नै गिज्याउने छन्
च्यातिएका ती प्रेमपत्रहरुले
मेरो नाम लिएर....  

गजल ३२९ (साँझ परेपछि)

पठाउछ जूनले खवर साँझ परेपछि
मात्न थाल्छ पुरै शहर साँझ परेपछि

प्यासी छ मन पिउने तल्तल् बढ्नसक्छ
नचलाउनु लाली अधर साँझ परेपछि

चन्द्र पनि तलाउमा विलाएको देख्दा
पलाउछ त्यस्तै रहर साँझ परेपछि

वर्षौदेखि लगातार देखीरहेछु एउटै सपना
सुनाउनेछु त्यसको असर साँझ परेपछि

जसलाई भुल्ने कसरतमा दिन ढल्ने गर्छ
भिजाई दिन्छ उस्ले नजर साँझ परेपछि
© अर्जुन दृष्टि पौडेल,
पोखरा

गजल ३२८ (समर्पित हुनेछ

गुलावको फुल तिमिलाई समर्पित हुनेछ
यसरी मेरो जीवन तिमिमा आधारित हुनेछ

रमाऊ एकैछीन यो एकान्तमा तिमी र म
तिम्रो त्यो अधरको मुस्कान नै संगित हुनेछ

त्यो पहाड झै मौन नवस्नु प्रिया कदापी
मौनता अदृश्य लडाई हो हारजीत हुनेछ

पहिलो नजरमै प्रेमिल आभाष मनमा बढ्दा
तिम्रो जीवन मेरो जीवनमा समाहित हुनेछ

Wednesday, February 19, 2014

गजल ३२७ (रातको विरोधमा )

रातको विरोधमा रातीमै सुर्य उदाउनेछ
समर्थनमा एकदिन जूनले उत्सव मनाउनेछ

छोडी गयौं तिमिले पक्कै अव यो मनले
तिम्रा याद संगालेर जिन्दगी विताउनेछ 

उ साँच्चै फरक भईसक्यो अव तिम्रो खातिर 
न टाउको फुटाउने छ न आशु वगाउनेछ 

भो घुम्टो खोलेर नमुस्कुराऊ यसरी
तिम्रो मुस्कान देखेर यहाँ फुल लजाउनेछ

दम निकै छ हेर्नु एकदिन अर्जुनका गजलले
तिम्रो लोक विव्झाउनेछ तहल्का मच्चाउनेछ

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel