Sunday, March 31, 2013
भत्किएको घर हुदा...
फूल काडा उस्तै वेदनाले छुदा
राख्न पर्दो रैछ व्यथा आफैसँग
पीडा कम हुन्न आशुले मुहार धुदा
Labels:
मुक्तक
Friday, March 29, 2013
चिनाउन सकिदैन..
पावरवाला चस्मा लगाउदैमा पटक्कै चिनाउन सकिदैन
तरुनीहरुको नजरलाई कहिल्यै हामीले किनाउन सकिदैन
यता हेर्दा पनि पैसा, उता पल्टिदा पनि पैसा देख्नले
आखिर नयाँ गेटअफले तरुनीलाई छिनाउन सकिदैन ।।।
तरुनीहरुको नजरलाई कहिल्यै हामीले किनाउन सकिदैन
यता हेर्दा पनि पैसा, उता पल्टिदा पनि पैसा देख्नले
आखिर नयाँ गेटअफले तरुनीलाई छिनाउन सकिदैन ।।।
Labels:
मुक्तक
सलाम तिमिलाई...

आफ्नै भाग्यसँग फुटेर गयौं सलाम तिमिलाई
आफै दिलमा नाम लेखाएर आफै केर्ने वानीले
अन्तै केर्नकै लागि जुटेर गयौं सलाम तिमिलाई
सूर्यलाई हत्लेलाले छेक्छु भन्दै गफहरु दिने केटी
वैंशका प्यास मिलाई छुटेर गयौ सलाम तिमिलाई
समाजको वन्धन अनी वावु आमाको आँखा छलाइ
आफ्नै सवै अंगहरु चुटेर गयौं सलाम तिमिलाई
चोखो प्रिर्तीले सराप्दै थियो ।
अजम्वरी माया तोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
मायालु पाईला मोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
उसको हातमा फुलै–फुल मेरा गह आशुले भिजाई
पराईसँग नाता जोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
मन अनी मनसँग साक्षी राखेर खाएका कमहरु
अहिले आएर छोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
मुटुमा सजाई रोपिएको प्रिर्तीको त्यो फुल आखिर
अन्यत्रै सारी गोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो
Wednesday, March 27, 2013
राम शरण श्रेष्ठको गजल भिडीयो
मेरो 3D एनिमेशन डिजाईनमा एक छुट्टै अनुभूति दिलाउने एक भिडीयो
बहुमुखी प्रतिभाको धनी तथा मेरा हृदय मित्र राम शरण श्रेष्ठ ज्यूको शव्द, संगित अनी आवाजमा एक गजल भिडीयो हेर्न नभुल्नुहोला ।
Labels:
मेरो स्वर
गजल वाटिकाको भाग–१५
"गजल बाटिका" हरेक सोमबार राती समय अनुसार सवा नौ बजे देखी १० बजे सम्म रेडियो सुक्लाफाटा एफ.एम ९९.४ Mhz र रेडियो बार्हसिङ्हा एफ.एम १०२.२ Mhz बाट प्रसारण हुने रेडियो कार्यक्रम हो ।गजल बाटिका बिशुद्द गजल बाचन् , गजल संग्रह समिक्षा , गजल सम्बन्धी छलफल , गजल सवाल जवाफ प्रस्तुत गर्ने गर्दछौ । र अर्को कुरा यो कार्यक्रममा हामी गीतको ठाउँमा पनि गजलहरु मात्र बजाउने गर्दछौ । ।www.sfm994.com यो लिन्क्मा गजल बाटिका संसार भर सुन्न सकिन्छ भने मंगलवार देखीwww.arjunpaudel.blogspot.com यो लिन्क्मा सधैं भरी सुन्न सकिन्छ ।
गजल बाटिका को यो अंकमा नेपालकै गजलहस्ती मानिएका पुराना दिग्वज गजलकार (ज्ञानुवाकर पौडेल देखी कृष्ण सिंह पेला) सम्मका गजल समेट्ने प्रयास गरेका छौ ।
र नेपाली गजल लाई माया गर्ने तपाईं सबै गजल मनका लाई यो बिशेष कार्यक्रम अत्यन्त प्रेरणादायी हुनेछ भन्ने विश्वाश लिएका छौ ।
Labels:
गजल वाटिका
Monday, March 25, 2013
Sunday, March 24, 2013
सपना खनालको गजल आवाज भिडियोमा
मेरो एनिमेशन डिजायनमा सञ्चारकर्मी सपना खनालको एक गजल आवाज भिडियो हुर्न नछुटाउनुहोला .
Labels:
मेरो स्वर
Saturday, March 23, 2013
आधाररुपी माया
♥ जो कसैवाट आफुलाई माया गरेको क्षणीक आभास हुन्छ..... कञ्चनरुपी पवित्र माया मुखवाट अवश्य देखिदैन, त्यो आफै व्यवहारवाट झुल्किन्छ जसलाई शिष्टता वोली, कर्णप्रिय आवाज मार्फत व्यक्त गर्न खोज्नु मुर्खता शिवाय केही हुन सक्दैन ... वेदनाको रंगवाट आनन्दको तरंग फैलाउने समथ्र्य चोखो मायावाट दिलाउने झुकावको भाव प्रष्ट महशुस हुन्छ..... आगो पिएर जूनको शितलता छर्ने अदभूत क्षमताले अन्य आत्मालाई विश्वासमा दिलाईन्छ, बल्ल माया त्यो समर्थक जिन्दगी जीउन आधाररुपी माया मान्न सकिन्छ.....♥
Labels:
अर्जुन दृष्टि
Friday, March 22, 2013
रोयो अर्जुन
रगत जमेर यो दिलमा धुदा रोयो अर्जुन
अर्जुन दृष्टि वनि विगुल जगाउदा आखिर
तिखा ती वचवाट मुटमा छुदा रोयो अर्जुन
Labels:
मुक्तक
चाहिएको छ ।
हात मुख जोर्ने एकछाक भात चाहिएको छ ।
फेरी पनि देशले रगतको खेल नमागेको हुदा
सादासदाको लागि सहयोगि हात चाहिएको छ ।।
हत्या, हिंसा अनी आंतकको अन्त्यका लागि
वृद्धका ती शान्ती वाणीको खात चाहिएको छ ।।
शान्ती यो देशमा फेरी हिंसाको विगुल होईन
आफ्नो भाग्य लेख्ने सुर्णिम रात चाहिएको छ ।।
भष्ट्र घुसखोरी अनी ती पापी सवैलाई लखेट्न
प्रत्येक सच्चा नेपालीहरु कै लात चाहिएको छ ।।
Thursday, March 21, 2013
गजलका थुँगाहरु भाग–३

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
"अर्जुन पौडेलको परिकल्पनामा"
गजलका थुँगाहरु श्रृंखला - 3
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-12-05)
GAZALKA THUNGAHARU
"अर्जुन पौडेलको परिकल्पनामा"
गजलका थुँगाहरु श्रृंखला - 3
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-12-05)
नमस्कार साथीहरु, आज मिति 2069-12-05 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको तेश्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको तेश्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Labels:
गजलका थुँगाहरु
केही भन्छन जिवन
केही भन्छन जिवन, वगि जाने खोला हो
कोही भन्छन जिवन, पाप बोक्ने झोला हो
खोला, झोला आखिर जसले जे भने पनि
म भन्छु जीवन, नास हुने मोतीको तोला हो
कोही भन्छन जिवन, पाप बोक्ने झोला हो
खोला, झोला आखिर जसले जे भने पनि
म भन्छु जीवन, नास हुने मोतीको तोला हो
Labels:
मुक्तक
Subscribe to:
Posts (Atom)