Ads 468x60px

Wednesday, September 25, 2013

भण्डारी दाइ "अचम्म" (अर्जुन दृष्टि)

किन हेरेँ उ त्यो कुना थुक्क मेरो अर्जुन दृष्टि
लुगा खोल्दै रैछ मुना थुक्क मेरो अर्जुन दृष्टि 
भण्डारी दाइ "अचम्म"
मेलम्ची  हेलम्बु-रूभूमी बाट 

पन्डितले जनाइ दिदै नफूकालेस भन्थे क्यार
जुत्ता मापो लाउथेँ तुना थुक्क मेरो अर्जुन दृष्टि

आध्य पाध्य पढ्या भए बरू गरी खाइन्थ्यो कि
टपरी न भैयो दुना थुक्क मेरो अर्जुन दृष्टि 

धुम्रपान मध्यपान गर्दा क्यान्सर हुन्छ भन्थे
नभई हुन्न खैनी चुना थुक्क मेरो अर्जुन दृष्टि

गुईठे संग बाजि थियो चमेलीलाइ आफ्नै पार्ने 
उ हात्ती भै म भुसुना थुक्क मेरो अर्जुन दृष्टि

नबिन नेपाल (अर्जुन दृष्टि)

खुलाउ न खुलाउ अर्जुन दृस्टी
नविन नेपाल, भक्तपुर
चहकिलो बनाउ अर्जुन दृस्टी

महलचै देख्ने झुपडी नदेख्ने ??
उपचार गराउ अर्जुन दृस्टी

भ्रस्ट नेताको पगरी छ तिम्लाई
खुलाउ र मेटाउ अर्जुन दृस्टी

छबर्से योजना सत्रमा अपुरो
छबि अनि बचाउ अर्जुन दृस्टी

पछाडिको बिहार कहाँ पुगेछ
'नेपाल'मा छेडाउ अर्जुन दृस्टी

Saturday, September 14, 2013

बाचन भएका केही मेरा गजलहरु

हालसम्म मलाई प्राप्त देशका विभिन्न रेडियो वाचन भएका मेरा गजलहरु

Saturday, August 31, 2013

Nepali Gazal by Gaurab Shrestha

गजल मनहरुलाई फरक पन दिने प्रयासमा आज गजलकार मित्र  गौरव श्रेष्ठ मनका कुरा ज्यूको गजल उहाँकै आवाजमा गजल भिडीयो हेरी सल्लाह सुझावको अपेक्षा गर्दछु ।

Wednesday, August 21, 2013

गजल ३१८ (निष्ठुरीले)


दिलमा  आगो लगाई  गई निष्ठुरीले
मायाका स्तम्भ ढलाई गई निष्ठुरीले

नजरहरुको  कथा  लेख्दै थिए  मैले
खरानी बनाई जलाई गई निष्ठुरीले

पुजेकै  थिए मनभित्रको  देउता मानेर
आस्थाको मन्दीर गलाई गई निष्ठुरीले

जसोतसो गाउदै थिए मिलनका धुनहरु
आँखाको तालमा नचाई गई निष्ठुरीले

गजल ३१७ (धुलो रैछ)


उसको  बैंश  सडकको धुलो रैछ
पानी नभाको फोहोरी कुलो रैछ

हृदयमा याद सगाली राख्छु भन्थी
सगाल्ने  मुटुको  विचमा दुलो रैछ

सोचेको थिए सम्झनामा मुटु जल्छ
तर  नबल्ने  आगोको  चुलो  रैछ

दिलमा तिम्रो वास रहन्छ भन्थी  
सवैलाई अटाउने दिल ठुलो रैछ

गजल ३१६ (थाल्यो)

आशाको दियो अस्ताउन थाल्यो 
आशुले शरिर वगाउन थाल्यो 

मायाको हिरासतमा फुलेको फुल
वियोगान्त कथा सुनाउन थाल्यो 

उल्टो विचारको विरुद्धमा आज 
आलौगिक सत्य उठाउन थाल्यो 

तरङ्गहरुको शृङ्खला उस्तै हुँदा 
विचित्रको मुटु जन्माउन थाल्यो

Monday, August 19, 2013

कार्यक्रम गजलका थुँगाहरु~१२

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा 
कार्यक्रम:- "गजलका थुँगाहरु"  (गाईजात्रा विशेष)  
नमस्कार साथीहरु, आज मिति २०७०।5।4 गते मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।


Download Here :- Click Here

Tuesday, July 23, 2013

गजल ३१५ (भन्छ कथाले)

यो गजल लेख्दा सगै थियौं 
लाज ढाक्ने फरिया माथी सार भन्छ कथाले
हिम श्रृङखला छोप्ने चोली झार भन्छ कथाले

भोली कस्ले देखेको छ भाग्य कस्तो बन्नेछ
आज प्यासको लागि पति मार भन्छ कथाले

वैशालु यौवन छंदै चल्नेछ चोला यसै गरी
वैंशको बेला बेदका कुरा टार भन्छ कथाले

गोप्य अंग कस्ता हुन्छन थाहा छ सारालाई
दुनियाको नजर यतै तिर पार भन्छ कथाले  

Sunday, July 21, 2013

Laghu Katha (Rajan Paneru)

अर्जृन दृष्टि ब्लग स्पोटडटकमको बेजोड प्रस्तुती
विधाः– लघुकथा (कागजको खेस्रा)
लेखक÷वाचकः– राजन पनेरु
भिडीयो डिजाईनः– अर्जुन दृष्टि पौडेल, 
कृपया तपाईका पनि आवाजमा रचना यस्तै वनाई हेर्न चाहनु हुन्छ भने यस ईमेलमा पठाउन सक्नु हुनेछ । ab.arjunp@gmail.com

Saturday, July 13, 2013

गजल ३१४ (कस्ले बनाएको ?)

सोच्दै छु मान्छेमा जात कस्ले बनाएको ?
विहान वेलुका खाने भात कस्ले बनाएको ?

शिष्टतापूर्ण  वाणी वाट संसार सुखी वन्दा
बिगार्ने कर्कशपूर्ण ती बात कस्ले बनाएको ?

सुख  दुःख मिलेर कथा वन्छ जिन्दगीमा
देवतालाई नै विगार्ने हात कस्ले बनाएको ?

सधै भरी  ढुङ्गा जस्तो  मन  हुनेहरुलाई
यौवनको  बिशालु मात कस्ले बनाएको ?




सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel