Ads 468x60px

Wednesday, September 25, 2013

विवश ज्ञवाली (असफल प्रेमी) (अर्जुन दृष्टि)

विवश ज्ञवाली (असफल प्रेमी)
दिमिक स्याङ्जा 
हाल यू ए ई
तिमी अगाडि लम्क राखेर अर्जुन दृष्टि
अनि विश्वमै चम्क राखेर अर्जुन दृष्टि

हेर त्यो बालक धुपले छट्पटाएको छ
जाउ बिस्तारै हम्क राखेर अर्जुन दृष्टि

आज देशका नेता हरु फोहोरी भैसके
 हो सुनपानी छम्क राखेर अर्जुन दृष्टि

गर्लान अपहेलना कतै यो समाजमा
अह तिमी नबम्क राखेर अर्जुन दृष्टि

जति बेला तिम्रो जय जय कार हुनेछ

छाति फुलाई गम्क रखेर अर्जुन दृष्टि

जीतु खड्का गाँउले (अर्जुन दृष्‍टि)

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी हाल साउदी अरब
लाए पछी निसाना नचुक्नु नै अर्जुन दृष्‍टि
 चोट लाग्दा मुटुमा नदुख्नु नै अर्जुन दृष्‍टि||

साहित्यको खोजमा गाँउ गल्लि गोरेटोमा
सृजिएका सृजना नलुक्नु नै अर्जुन दृष्‍टि ||

दुनियाँको आँखामा चम्किरहोस वीर गोर्खाली
स्वाभिमानी नेपाली नझुक्नु नै अर्जुन दृष्‍टि ||

साहित्यका कपिला ई फूल्छन भोलि अवस्य
सृजनाका ती मूल नसुक्नु नै अर्जुन दृष्टि||

आकाश तिर फर्केर किन थुक्नु हुन्छ हजुर

पर्छ छिटा मुखमा नथुक्नु नै अर्जुन दृष्टि||

साहित्य पारखी 'सम्झना' (अर्जुन दृष्टि)

साहित्य पारखी 'सम्झना'स्याङजा, हाल पोखरा 
राम्रो पनि सधैँ नराम्रो देख्छ तिम्रो अर्जुन दृष्टि ।
आफुँ गर्दैन गर्नेलाई छेक्छ तिम्रो अर्जुन दृष्टि ।

भाषण सुन्दा यस्तो लाग्छ सबै गर्ने मात्र तिमी हौ ,
 न सपार्छ न संविधान लेख्छ तिम्रो अर्जुन दृष्टि ।

गल्ती जति आफ्नो हुन्छ दोष अरुलाई लगाउँछ ,
सामाजिक काममा घुँडा टेक्छ तिम्रो अर्जुन दृष्टि ।

भोका, नाङ्गा , कामेको शरिर देख्दैन त्यो हेराइले ,
 जनतालाई भाषणले सेक्छ तिम्रो अर्जुन दृष्टि ।

देशलाई धनी बनाउन रोजगार दिनुको सट्टा ,

 देशबाट नै गरिब लखेट्छ तिम्रो अर्जुन दृष्टि ।

रोहित राना (अर्जुन दृष्टि)

हामि सबैका अधरमा होस् अर्जुन दृष्टि
 
रोहित राना
बुटवल-१३रुपन्देही
हेरिने प्रत्येक नजरमा होस् अर्जुन दृष्टि

देशैभरि नै बिकास एक रुपमा हुनु पर्छ
गाउँघर अनि शहरमा होस् अर्जुन दृष्टि

कलियुगको माया प्रेम पनि कस्तो कस्तो
प्रेमिल मायाका सफरमा होस् अर्जुन दृष्टि

खोलाको किनारमै सुन फलाउन सकिन्छ
म त भन्छु हर बगरमा होस् अर्जुन दृष्टि

हामी जनता माथि नै किन हुन्छ भेदभाव
हामीले पाउने अवसरमा होस् अर्जुन दृष्टि

बालकृष्ण भट्टराई (अर्जुन दृष्टि)

बालकृष्ण भट्टराई,
पिडीखोला,नौ, स्याङ्जा, हाल-दुबै
गजलका थुँगा हरुमा देख्छु अर्जुनदृष्‍टि,
बिजयका टुँगा हरुमा देख्छु अर्जुनदृष्‍टि।।

गोरो मान्छे मिलेको जिउ चट्ट सुहाएको,
सान दिने जुँगा हरुमा देख्छु अर्जुनदृष्‍टि।।

साहित्यको फुलबारीमा मेरो पनि बास भो,
मेरै घरको ढुँगा हरुमा देख्छु अर्जुनदृष्‍टि।।

पिरतीको सागरमा एक्लो हुन्छु जब जब ,
पारी तार्ने डुँगा हरुमा देख्छु अर्जुनदृष्‍टि।।

"कृष्ण" पनि बलियो भो अर्जुन भेटे पछी,
चलाख देखी गुँुगा हरुमा देख्छु अर्जुनदृष्‍टि।।

भण्डारी दाइ "अचम्म" (अर्जुन दृष्टि)

किन हेरेँ उ त्यो कुना थुक्क मेरो अर्जुन दृष्टि
लुगा खोल्दै रैछ मुना थुक्क मेरो अर्जुन दृष्टि 
भण्डारी दाइ "अचम्म"
मेलम्ची  हेलम्बु-रूभूमी बाट 

पन्डितले जनाइ दिदै नफूकालेस भन्थे क्यार
जुत्ता मापो लाउथेँ तुना थुक्क मेरो अर्जुन दृष्टि

आध्य पाध्य पढ्या भए बरू गरी खाइन्थ्यो कि
टपरी न भैयो दुना थुक्क मेरो अर्जुन दृष्टि 

धुम्रपान मध्यपान गर्दा क्यान्सर हुन्छ भन्थे
नभई हुन्न खैनी चुना थुक्क मेरो अर्जुन दृष्टि

गुईठे संग बाजि थियो चमेलीलाइ आफ्नै पार्ने 
उ हात्ती भै म भुसुना थुक्क मेरो अर्जुन दृष्टि

नबिन नेपाल (अर्जुन दृष्टि)

खुलाउ न खुलाउ अर्जुन दृस्टी
नविन नेपाल, भक्तपुर
चहकिलो बनाउ अर्जुन दृस्टी

महलचै देख्ने झुपडी नदेख्ने ??
उपचार गराउ अर्जुन दृस्टी

भ्रस्ट नेताको पगरी छ तिम्लाई
खुलाउ र मेटाउ अर्जुन दृस्टी

छबर्से योजना सत्रमा अपुरो
छबि अनि बचाउ अर्जुन दृस्टी

पछाडिको बिहार कहाँ पुगेछ
'नेपाल'मा छेडाउ अर्जुन दृस्टी

Saturday, September 14, 2013

बाचन भएका केही मेरा गजलहरु

हालसम्म मलाई प्राप्त देशका विभिन्न रेडियो वाचन भएका मेरा गजलहरु

Saturday, August 31, 2013

Nepali Gazal by Gaurab Shrestha

गजल मनहरुलाई फरक पन दिने प्रयासमा आज गजलकार मित्र  गौरव श्रेष्ठ मनका कुरा ज्यूको गजल उहाँकै आवाजमा गजल भिडीयो हेरी सल्लाह सुझावको अपेक्षा गर्दछु ।

Wednesday, August 21, 2013

गजल ३१८ (निष्ठुरीले)


दिलमा  आगो लगाई  गई निष्ठुरीले
मायाका स्तम्भ ढलाई गई निष्ठुरीले

नजरहरुको  कथा  लेख्दै थिए  मैले
खरानी बनाई जलाई गई निष्ठुरीले

पुजेकै  थिए मनभित्रको  देउता मानेर
आस्थाको मन्दीर गलाई गई निष्ठुरीले

जसोतसो गाउदै थिए मिलनका धुनहरु
आँखाको तालमा नचाई गई निष्ठुरीले

गजल ३१७ (धुलो रैछ)


उसको  बैंश  सडकको धुलो रैछ
पानी नभाको फोहोरी कुलो रैछ

हृदयमा याद सगाली राख्छु भन्थी
सगाल्ने  मुटुको  विचमा दुलो रैछ

सोचेको थिए सम्झनामा मुटु जल्छ
तर  नबल्ने  आगोको  चुलो  रैछ

दिलमा तिम्रो वास रहन्छ भन्थी  
सवैलाई अटाउने दिल ठुलो रैछ

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel