समय दाईना भयो भने जे पनि हुन्छ हेर्नुस् यो फुटेको कर्म त्यस्ती स्वास्नी परो अहिले घरबाटै निकाल्देकि छिन् यस्तो ह्यान्सम पाउँदा नि त्यो अप्सराले मलाई । :( त्यल्लाई म अहिले नै डिभोस्र दिन्छु काजीसाब !!!
......................................................................................
एउटी सासुले आफ्ना तिन ज्वाईंहरुको माया थाहा पाउन पोखरीमा हाम फालिन् ।
ठूलो ज्वाईंले उनलाई बचाए र सासु आमैले उसलाई मर्सिडिज कार उपहार दिईन् ।
अर्को दिन फेरी हामफाल्दा कान्छो ज्वाईंले उनलाई बचाए र उनले रोयल ईन्फिल्ड बाईक पाए ।
तेस्रो दिन फेरी हामफाल्दा माईलो ज्वाईले सोचे "अब एउटा साईकल बाँकी छ के को टाउको दुखाउनु!"
र सासु आमै डुबेर मरिन तर उनले ५ तले घर नै उपहार पाए ।
... कसरी ?
.
.
.
.
.
.
ससुराले उपहार दिएछन् ।
Monday, July 9, 2012
काजीसाब
खड्का जी, का कुरा
लमीले फसायो मुला साग मलाई लमीले नराम्रो सँग फसायो, अप्सरौ जस्ती केटी छे भनो, केटी हेरुम न त भनेर यसो विचार गर्दा केटीको फोटै छ किन केटी हेर्नुपरो भनो, फोटो हेर्दा त कसम होला जीन्दगीमा त्यत्तीकी राम्री त केटी नै देखेको थिईन, लौ ठोक्यो !!! ठोक्दीम भनेर विचार गरेर चार ओटा त नाईट बस नै जन्ती लिएर गाको, प्याप्याप्या !!! पन्चे बान्जा नै लिएर गाको आफूलाई कति खेर बेहुली हेरम् जस्तो भाको थ्यो, रमाईलो कुरा पनि छ है मुला साग !! केटी ल्याउँदैनन् लाग्यो बल्ल बल्ल केटी ल्यायो, केटी देख्नीबित्तिकै बेहुसै भईहाल्यो नि १ घण्टापछि मात्रै होस आको नि, यस्ती नराम्री त जीन्दगीमा देख्या थिईन, हाँडी भन्दा काली ,म भन्दा १७ वर्ष जेठी स्वास्नी खत्तम अननननननफरररररररररचुनेट्ली लमीले फसायो मलाई !!!
संविधान
सभासद् को लव परेछएक जना सभासद् को लव परेछ अनि उनले GF लाई फकाऊँदै भनेछन :
चोखो माया दिन्छु तिम्लाई आकासको तारा नमाग ।
एउटा मुटु दिन सक्छु संसार सारा नमाग॥
मैले मात्र हैन त्यो त कसैले दिन सक्दैन तिम्लाई
त्यसैले PLEASE मसँग संविधानको धारा नमाग ॥
GF लाई त यस्तो भन्नेले के संविधान बनाऊलान्
honymoon
सेरेः— यार धोती म लास्ट कन्ञुस छु यार
धोतीः— होर अनि कति पैसा कहिले बचाई त ?
सेरेः— मेरो विवाह पछि honymoon मा दुईजनालाई धेरै खर्च लाग्छ भनेर म एक्लै गईदिए अनि आध्धा पैसा बचाए । :D
धोतीः— ह्या त त्यती मात्र त भन्दा म कन्ञुस छु
सेरेः— कसरी ?
धोतीः— मैले त झन् मेरो स्वास्नी लाई एउटा केटा संग honymoon पठाएर पुरै पैसा बचाए :D
सेरेः— थुक्क !! धोती तेरो बुद्धी !
धोतीः—किन र ?
सेरेः— मलाई देखिनस् केटो खोज्न पर्छ ?
चुम्यौ किन

आवारा वादल वनी हराएर नै जानु थियो भने.... औशीको रातमा पूर्णिमाको जुनवनी उदायौं किन.....आफ्नो मनलाई आफै सँग छल गर्नु नै थियो भने ....झर्न लागेको डालीको फुललाई चुम्यौ किन....
बसाई सर्न पनि सक्दिन.

माया नै गर्दैनौ मलाई भनेर विश्वास गर्न पनि सक्दिन.. मलाई मात्रै माया गर्छौ भनेर भरमै पर्न पनि सक्दिन.... फसाएर छोडेउ कस्तो अन्योलताको भुमरीमा ? अरु कसैको दिलमा बसाई सर्न पनि सक्दिन...
उस्तै उस्तै हो

रहर मेरो.

ओठको हाँसो वनी मेरोअँगालोमा तिमिलाई वेर्ने रहर.....पोखराको हजारौ भिडमा, रूप तिम्रो सधै हेर्ने रहर.....जिन्दगीका अरोहअवरोह तिमी,सँगैसाटी जिन्दगीका प्रत्येक पलमा, तिमी सँगै मात्र जिउने रहर .... तिम्रो सधै खुशीवनी तिम्रै हातको सिरानीमा निदाई सारा सपनाहरू तिम्रो सामु साट्ने रहर... तिम्रै हातले ति सपनाहरु सजाउने रहर मेरो...... मेरो घरतिम्रो धड्कनमा, सधैको लागी रोजी सके दिलको धड्कन तिमीलाई बनाउने रहर
निरिह माझी---

१२ बर्ष पछि खोलो फर्कन्छ भन्छन् । त्यो चाही साँचो रहेछ । १२ बर्ष पछि मेरो खोलो पनि फर्कियो । तर नयाँ छाल……नयाँ धार ……अनि किनारा लिएर । त्यसरी फर्किएको खोलासँग मेरो आत्मियता त उस्तै छ तर खोलाको भने छैन । नयाँ वर्तमान बोकेर आएको खोलामा न त म पौडि खेल्न सक्छु न त डुङ्गा मार्फत तर्न नै । त्यसैले निरिह माझी बनेर किनारमा टोलाउनु बाहेक म सँग अरु केही रहेन.
तिम्रो खुशीमा सामेल बनौ कि फाटेको यो मन सिउँ ?

चारतिरै आज तिम्रै थ्यो चर्चा तिमि नै थेउ जाति ...कसलाई पोफुर्सद थियो र हेर्न भत्केको यो छाती ? यो जुनीमा त कसैको बिगारगरे झैँ लाछैन....कुन पापको सजाय दियौ नि ईश्वर सहनैभाछैन..म कसलाई देखाऊ अब यो दशा? चुड्यो नि मेरो श्वास फेर्नेनशा, भन कसरि जिउँ ? तिम्रो खुशीमा सामेल बनौ कि फाटेको योमन सिउँ ?
मनको कथा संग्रह — ३
सुरुवात कसरि, गरु म आफ्नो कथा मलाइ नै थाहा छैन । हुन त ‘जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ । तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो । जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, म तिमिलाइ नै सम्झिरहन्छु । चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे । छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि म तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ । सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु ।किन मलाई यस्तो गर्यौ म त तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, म प्रेममा जिवनको पहिलो पटक परेको छु , हो…… हो…… मेरि माया, माया गर्छु तिमिलाइ म, माया लाउँन त धेरैले खोजे, बाटो हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो तिमिलाइ, हरपल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले आज म तिमिलाइ माया ओ माया म गर्छु तिमिलाइ नै भन्न चाहन्छु ।




