Ads 468x60px

Monday, July 9, 2012

विछोडका पल


शिशिरको पतझडला पनि वसन्तको पालुवा झै देख्दै होला तर यहा भने पूर्णीमाको रातमा पनि औंशीकै निसिमा छाउने गर्छ, लाटेकोसेराको उदासीसँग मितेरी लगाउदै प्रत्येक रात विरहले रुने गरेको गुनासो केही थिएन, धोका दिनु नै थियो भने मलाई छोडेर अर्कोलाई अगाल्नु थियो भने शितको थोपा झै विगाएर जानु थियो भने किन लायौं सग तिमिले माया ? किन गर्यौ मसँग वाचा वन्धन मेरो मन यही नेर दुखेको भास्किएको

साच्चै हाँसो खुशीले कहिल्यै साथ दिन चाहेन मलाई........ हिजो आज तिमि नहुँदा आशु नै साथी मेरो यो शुन्य वस्तीमा....... फरक यति पहिला पहिला तिमिलाई देख्दा, तिमिलाई माया गर्न पाउदा रमाएर रुने गर्थे...... आजभोली तिम्रो सम्झनामा तडपिएर रुने गर्छु यो शुन्य वस्तीमा तिम्रो आगमनको प्रतिक्षा गर्दा गर्दै अधिर भएर रुने गरेको छु यस्तो कल्पनामा तिम्रो वियोगलाई भुल्ने पर्यत्न गरेको छु....... भुल्ने पर्यत्न गरेको छु

मेरो कोमल, आकाश झै निश्चिल मनको अर्थ नै नवुझी तिमिले हाम्रो मायालाई चटक्कै माया मारेर, निर्दयतापूर्वक तिरस्कारको भारी बोकाएर निष्ठुरी बनी पवित्र कञ्चनरुपी मायाको उपहास गरिदियौं त्यो अन्तिम निर्णयले मेरो मन नराम्रोसग छटपटाएको वर्षाको वाढिले वगाएको पाखो झै भएको मेरो मायालाई भुलेर, हाम्रा ति रमाईला पलहरुलाई चटक्कै विर्सीएर किन त्यसरी धोकाको चोटिलो अस्त्र प्रहार गयौं के जवाफ तिमिसग ?

मिलनका पल

बसन्तको फुल सङ्गै फुल्न पाए हुन्थ्यो विहानिको लालि सङ्गै रङ छर्न पाए हुन्थ्यो....... कहिले सङ्गै पालुवामा गाउन पाए हुन्थ्यो गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो तारा बनि जुन सङ्गै लुक्न पाए हुन्थ्यो.... छितिज पारि मिर्मिरे मा उनी सँगै रम्न हुन्थ्यो ..... खुशीले मन चंगा बनेर हावामा उडी रहेछ कतै उड्दाउड्दै धागो टुटेको चंगा झैँ मेरो जीवनको अस्तित्व हराउने होइन ?मैले तिमीलाई जून माने आफूलाई तारा, स्तो माया गरेको छु की विर्सिएकी छौ. संसा सारा..... हाम्रो माया सधै यस्तै होस नौनी परे जस्तो यो धर्तीमा ईन्द्रेणीले रङ्ग छरे जस्तो..... अन्जानमै तिमीले चालेका सुवतम् सुवासका पल पल वोकि मिठासपनका हर्दम महशुसहरु आखिर तिम्रो मायाको न्यानो साथ पाएरै होला..... बिहानीले चुम्छ जब सुर्यदय हुन्छ, सर्माउँदै तिमीलाई उषा लाली छुन्छ, त्यै लालीमा अधरको हाँसो मेरै सरे जस्तो...तिमिले भन्दै आयौ माया गरेकी छु भनेर ...... मैले सम्झदै आए, सच्चा माया गर्नुपर्छ ......... माया गरेर गरिदैन माया आफै हुन्छ..... तिमिले बुझ्दै आयौ, मायालाई उपहार भनेर.....मैले महसुस गर्दै छु मा

यामा उदास बनेर..... सम्झ तिमिले माया जीवनको फुल हो यो तिम्रै लागि मात्र फुलीरहेको , केवल तिम्रै निम्ती ....

माया भन्नु खेल होइन, दाउमा राखी खेल्ने, साँचो माया अमिट हुन्छ सुख,दुख झेल्ने..... प्रीत साट्नु ठट्टा होइन, साटि सकेको मन मुटु माया कुनै जुनिमा पनि फिर्ता हुनेछैन कसैसग साईनो जोड्नु छुटिनु नियतीको दोष होईन हृदयको चोखो माया तिमि एक जनालाई मात्र जुनीभरसम्म प्रेम सरोबर बनाउनु प्रण गरेको छु देऊ, मात्र यति भए पुग्दछ मलाई तिमिले माया गरेको अनुभूती....तिमिलाई कहिल्यै नसकिने प्रत्येक क्षण क्षणमा मेरै मायाको अमृत रस पिएर हरजनम जिउने छौं

यो जीवनमा तिम्रो साथ पाउँदा मनमनै रमाए, जीवनसाथी तिमीलाई ठानी तिम्रो हात समाए.....मह सरी मिठो तिम्रो बोली त्यसैमा रमाए...... नशालु तिम्रो नयन हेरिदिदा आफैँ लजाए..... एकछिन टाढिँदा पनि छोडिजान्छौँ कि भनी डराए. जहाँभए पनि सम्झिने तिम्रो बानी मनपराए......तिम्रो चोखो मायाको लागि सारा संसारलाई पाखा लगाए दुनियाँको सामु तिम्रो हात रमाई रमाई समाए

मेरी प्राण प्यारी लाटी♥♥


थाहा मलाई पनि नजिकको माया छाडा टाढाको माया गाढा.... अनी भन्दै छु टाढा भएको पनि तिम्रै खुशीकोनिम्ती हो नी किन पिर गरेको त्यसरी........ दुई चार रुपैया कमाउछु अनी घरजम गरौला, यो समाजमा ठाडो शिरउठाएर सगसगै मेलापात गरौंला नी के गर्नु देशको परिस्थितीले गर्दा द्धन्द्धकालमा राम्रो सग पढ्न पाईएन त्यो कुरा तिमिलाई पनि थाहा छन नी लाटी..... परिस्थितीले गर्दा नै टाढा वनायो, टाढा भएपनि तिम्रो माया मनभरी नै नी...... तिमि जता जता भए पनि मुटुमा माया नी लाटी.... ति तिम्रा मोतीका दाना जस्ता आसुका टुक्राले परेलीनभिजाउ लाटी.... फुलेको फुल तिमि पापी भमराले नजर लाग्ला, समाजले औला उठाउला यस्तै संसार कुरावुझ........ चिन्ता नगर चाडै मन भरीको माया लिएर तिम्रो सामु आउनु छु वास अहिलेलाई यती मात्र तिमिलाई धेरैमाया गर्छु....... तिमिलाई धेरै मिस गरी राछु.... लाटी वस मिस गरी राछु लाटी
---------------------------------------------
मेरो हजुर ♥♥


फर्की आउनुहोस विरानो नसम्झ, हजुरलाई तपाईकी लाटीको कसम ... के गर्नु खाली परिस्थितीलाई दोष मात्र दिएर कहा हुन्छ मेरो हजुर ? जे पुग्छ त्यही खाउला सँग सँगै मेलापात गरौला दुख सुख सँगै जे हुन्छ त्यस्तै खाउला त्यती भए हुन्न हजुर ? मलाई धनै दिएर मात्र खुशी हुन्छ ? तपाईको मायाको मुल्य चुकाएर, रुन मन लाग्छ मुहार लुकाएर मेरो हजुर..... रोए पनि मेरो हजुर हाँसे पुग्छ, परेलीमा हाम्रो माया साँचे पुग्छ.... तपाईकै फोटो सधै सिरानी मुनी राखि रुएकै रुएयै छु धोको मेटाउन .. के गर्नु हजुर परिस्थिती टाढा वनाए पनि तपाई मेरै नजर वरीपरी घुमि रहनु भएको .... कहिले काही मलाई यस्तो लाग्छ विदेशी रमझममा भुली गाउँकी लाटीलाई विस्रेर कतै.. ? आसु पुत्छु रुन्न भन्छु फेरी आसु झर्छ अनी तपाईलाई नै सम्झन्छु ...यस्तै हो मानिसको चोला भन्दै मन वुझाउछु तर पनि पापी मन वुझ्दैन... विझाउछ फुलले पनि मेरो नहुदा, निको हुन्थ्यो होला दुखाईमा ती हातले छुँदा..... छिमेकीहरु हाँसे जस्तो लाग्छ मलाई देखेर, मुटुमै घाउ मै दुखीलाई जिस्काए झै लाग्छ मेरो हजुर... सिरानी मुनी हजुरको तस्वीर, मुटु भरी तपाई कै माया .. जहिले पनि भन्नु हुन्छ नअत्ति वस लाटी तपाईकी लाटीलाई देख्न मन लाको छैन ? कति घाम सस्ताए कंयौ पटक जुन पनि उदाए अझै पनि फुर्सद भाको छैन मेरो हजुर ?

एक कथा प्रेम को


पटक एउटा केटिले भगवान लाई प्रश्न गरी:- भगवान यो प्रेमभनेको के हो ? कस्तो बस्तु लाई प्रेम भनिन्छ ? भगवान ले चतुराइपुर्वक उस्लाईए उत्तर दिनु भयो :- बालिका जाउ त्यो परको बगैचाम सुन्दर फुल फुलेको एउटा लिएर आउ ... ... आज्ञा कोपालन गर्दै केटी बगैचा तिर जान्छे भन्दै त्यहाँ अति सुन्दर फुलबगैचा ko मुख मै देख्छे ''सोची यदी बगैचा को छेउ यती सुन्दरर सुगन्धित फुल भने झन बिच मा कस्ता कस्ता फुल मौलाएहोलान्जब बिचो बिच मा जान्छे कुनै फुल भेट्दैन निरास हुँदै पहिलेदेखेको फुल मै फर्कन्छे बिडम्बना त्यो फुल पुरा रुप मा ऐलाएको हुन्छ्मन खिन्न पार्दै भगवान सँग बिर्तान्त भन्छे अनि भगवान जवाफदिनु हुन्छ्बा लिके हो यसैलाई भन्छन प्रेम यसैलाई भनिन्छ मोह जबकसैको प्रेम आफु सँग हुन्छ तब मानब त्यस्को वास्ता गर्दैन कदरगर्दैन जब जब त्यो आफ्नो प्रेम टाढिन्छ तब मानब लाई त्यस्कोमहत्व हुन्छ

यही नै प्रेम हो यही नै मोह हो

एउटा प्रश्न ल साथी सोचेर उत्तर दिनुहोला



एउटा प्रश्न ल साथी सोचेर उत्तर दिनुहोला

मानौं तपाई आफ्नो मायालु लाइ एक दमै माया गर्नु हुन्छ र तपाईलाइ पनि तपाई को मायालु ले उतिकै माया गर्छे...तपाई हरु दुवैजना ले खाने खाना मा कसैले बिष हाल्देको थियो जुन तपाई हरु दुवैजना ले खानु भयो र खाइ सके पछी मात्र थाहा पाउनु भयो तपाई हरुले कि हामी ले बिष हालेको खाना खायौ भनेर अब तपाई हरु दुइजना को नसा नसा मा बिस फैलिसकेको छ तपाई अनि तपाई कोमा...यालु एक दमै तादपिरह्नु भाको छ तपाई हरु दुवै जना अन्तिमअवस्था मा हुनुहुन्छ अब तपाई हरु के सेकेन्ड मात्र बच्नु हुन्छ तरत्यस बेला तपाई को हात मा कतै वाट एक थोपा अमृत पर्छ त्योएक थोपा अमृत ले मात्र एक जना बाच्छ सक्छ बाडेर खाउ भने त्योसम्भाब छैन भने त्यस्तो अवस्था मा तपाई के गर्नु हुन्छ ?
अमृत आफै खानु हुन्छ या आफु मरेर पनि आफ्नो मायालु लाइजिबित राख्न को लागि अमृत मायालु लाइ खुवानु हुन्छ ?

सूचना !!! सूचना !!! सूचना


एउटा सिलोस्वाभाव,कि चट्ट हेर्दा मन पग्लिने,हास्दा दुवै गालामा डिम्पल देखिने, लजाउने.... आफ़्नो घर को मान मर्यदा रख्न जान्ने....फेसवुक मिगवाट टाढा भएकि.... आफ़्नो परिवारलाइ,सहि बाटो देखाउने ....जस्तो दुःख परे पनि परिवार संगै बस्ने, बिचैमा छोडि नजाने .....उमेर 18 देखि 21सम्मकि उचाइ 5"8' सम्मकि..... कम्मर छिनेकि म्रीग नयन, जस्तो आंखा भएकि कन्या को... तु ...आव्स्य्कता परेको हुदा हजुरहरु को नजरमा भए जानकारी दिनु हुन बिनम्र अनुरोधगर्दछु !!चाडो गर्नुस मौका आउछ पर्खदैनबगेको खोला फर्किदैन ! .•*""*•

बिहे अघि~ पछि का कुरा


बिहे अघि___

प्रेमिका -: हेल्लो डियर कहाँ छौ?प्रेमी -:सरि बेबी आज बाहिर छु साथि हरु संग हल्का ड्रिंक गर्दै सरि है कल गर्न बिर्से ..प्रेमिका -: भयो किन सरि आजकल को जमाना मा कस्ले पिउदैन हल्का??तिम्ले कल नगरेर के भयो मैलेत गरे नि ...

__बिहे पछी __
श्रीमती -:हेल्लो कहाँ हो ऐले सम्म घर आउन पर्दैन ?? अनि एक कल गर्न सकिन्न??
श्रीमान -:जहाँ भए नि तलाई किन टाउको दुख्यो खाएर सूत साथि हरुसंग हल्का ड्रिंक गर्दै छू ....श्रीमती -: तै कुकुर को झोल पियरबस....कुन दिन मा यो जड्याँहा संग बहे गरेछु ....

__बिहे अघि __

प्रेमी -:प्रिय यो संसार मा तिमि जति कुरा बुझ्ने कोहि देखेन...तर तिमीलाई पछी दुख हुन सक्छ मसंग केहि छैन......प्रेमिका -: मलाई तिम्रो माया भए पुग्छ तेही माया को सहारा मा खुसि भएर पुरै जिन्दगि जस्तो दुख पनि काट्न सक्छु ....मलाई धन सम्पति केहि चाहिन्न ...

__बिहे पछी __
श्रीमान -: कस्तो संसार मा नभाको अप्ठ्यारो मा फलेकोफर्सी जस्तो कुरै नबुझ्ने आईमाई रैछे भने कहाँ बाट आखा फुटेर बिहे गरेछु..अब नभए पछी कहाँ बाट ल्याउने तलाई सून को हार ????
श्रीमती -: ल्याउन सक्ने भए पाल्न सक्ने भए के खानबिहे गरेको ?? तिम्रो हैन आखा मेरोफुटेको कुन दिन मा बिहे गरेछु.....कस्तो कस्तो राम्रो केटा हेर्नआथे.....बस एकलाई हिडे मत माईत ....

शिष्य र चेलाविच


एक चेलाले गुरुसँग भन्यो, 'मलाई कुनै सही मार्ग सुझिरहेको छैन । म तिनै कुराको बारेमा सोचिरहन्छु जो निषेध गरिएको हुन्छ । जुन चीज बर्जित छ, मलाई त्यही चीज प्राप्त गर्ने इच्छा प्रबल हुन्छ । जे गर्दा अहित हुन्छ मलाई त्यही काम गर्न मन लागिरहन्छ । म के गरूँ गुरुदेव ?'

गुरुले शिष्यको कुरा ध्यानपूर्वक सुने र नजिकैको गमलामा हुर्किरहेको बिरुवा देखाउँदै सोधे, 'त्यो के हो ?' शिष्य अलमलियो । ऊसँग कुनै जवाफ थिएन ।
गुरुले आफैँ भने, 'यो बेलाडोनाको विषालु वृक्ष हो । यसको पात खायौ भने तिम्रो मृत्यु पनि हुनसक्छ । तर, यसलाई हेर्दा मात्र चहिँ यसले तिमीलाई कुनै हानी गर्दैन । सोहीप्रकारले अधोगतितिर लैजाने विचारले तिमीलाई तबसम्म हानी गर्दैन, जबसम्म तिमी त्यसको आदतमा पर्दैनौ ।'

मेरा हितैसीहरु


फोनवाट ~~"I Love U"
म्यासेजवाट ~~ "I Love U"
च्याट वक्सवाट ~~"I Love U"
डेटिङ्गवाट ~~~"I Love U"
औषधी खाने टाईमा जसरी विहान, बेलुका र सुत्नेवेलामा पनि ~~"I Love U"
थुईक्क साला !!! मेरो जिन्दगी हालसम्म पनि ~~I Love U शव्द मेरो जिन्दगीमा नै नहुने ....
मंसिरको आधा महिना पनि गयो मेरो खै, कतै, काही चर्चा नै छ..... आखिर म पनि "महानायक" नै हुन भए....


सकेँ


हराई तिम्रै मायामा सास फेर्न भुली सकेँ
जीउनेछु तिम्रै लागि अव मन टाली सकेँ

बयेलिँदै बतासमा उड्यो मेरो मनको वह
तिमी विना रित्तो लाग्छ दिल खोली सकेँ

फुल्दैन धरतीमा चैतमास वसन्तको लाली
तिम्रो मायालाई स्वर्गनर्क मानी डुली सकेँ

रमितेलाई रमितैभो हाँस्नेलाई हाँसो मात्र
अँधेरीमा डरछैन मनको छाया छली सकेँ

लाग्छ फेरी शंका



जिन्दगीभरी सजाउछु भन्छौं लाग्छ फेरी शंका
छाती भित्रै अटाउछु भन्छौं, लाग्छ फेरी शंका

गन्तव्यविहीन रुमलिएको अन्धकार जीवनमा
मायाकै दीप जलाउछु भन्छौं, लाग्छ फेरी शंका

पाईलाहरु मोडी तिरस्कारको वचन दिएमा पनि
हजुरकै छातीमा रमाउछु भन्छौं, लाग्छ फेरी शंका

जिन्दगीकै ठुलो नाता गाँसी दिए तपाई देउतासँग
वहकिन खोजे सम्झाउछु भन्छौं, लाग्छ फेरी शंका ♥

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel