Ads 468x60px

Thursday, September 26, 2013

गणेश भट्ट अणु (अर्जुन दूष्टि)

गणेश भट्ट अणु
तान्द्राङ्ग 7 गोरखा
कसैको लागि यि फिदा अर्जुन दूष्टि
मेरा पनि छन् अनिदा अर्जुन दूष्टि

दायाँ बायाँ हुन्छन दुष्मन हरु
के काम खै तिम्रा सिधा अर्जुन दूष्टि

आज फेरि अर्कि सुन्दरि भेटियो त
नहुदैँ तिमिबाट बिदा अर्जुन दूष्टि

जुनमा दाग पहिल्याउन सक्छन

धेरैको छ यस्ता काइदा अर्जुन दूष्टि

लक्ष्मण 'मिलन' विष्ट (अर्जुन दृष्टि)

लक्ष्मण 'मिलन' विष्ट
अछाम कालिकास्थान
उसले बारम्बार अर्जुन दृष्टि लगाई रहेछ..
 देखेर यो संसार अर्जुन दृष्टि लगाई रहेछ ।।

यो देशको कानुन हातमा लिएर वैरीले..
राष्ट्र माथि एकोतार अर्जुन दृष्टि लगाई रहेछ..!!

भित्तामा नेपालको मानचित्र ईँकित छ..
 बिचरा गजलकार अर्जुन दृष्टि लगाई रहेछ ।

हराएको मान्छे फर्किने आशामा आफन्त..
गरेर ईन्तजार अर्जुन दृष्टि लगाई रहेछ ।।

बर्षौ पछि मिलन भयो प्रेमीको प्रेमिका सँग..

ठानेर चमत्कार अर्जुन दृष्टि लगाई रहेछ ।

निस्चल प्रेमी कान्छा (अर्जुन दृष्टि)

निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान
 गुल्मी हाल मुम्बई भारत । 
यै दुनियाँ यै शहरमा छन् अर्जुन दृष्टि...!!
 र त धेरैको नजरमा छन् अर्जुन दृष्टि...!!

कोहि भट्टि भित्र जान्छन कोहि चैँ जगंल भित्र
चौतारीको पिपल वरमा छन् अर्जुन दृष्टि...!!

जस्ले साँचो माया गर्छ जो उन्कै निम्ती मर्छ
उसैको प्यासी अधरमा छन् अर्जुन दृष्टि...!!

मिली जुली सरकार न चलेनी भन्छ ऊ
 मेरै छातीको बगरमा छन् अर्जुन दृष्टि...!!

मच्चीन सक्छ हङ्गामा पोखरा फेवा तालमा

झट्टै ब्युझिने तर्खरमा छन् अर्जुन दृष्टि...!!

महादेव अधिकारी (अर्जुन दृष्टि)

महादेव अधिकारी तनहूँ /काठमाण्डौ हाल: दुवई
कपालको रौं चिर्न सक्ने हुन्छ अर्जुन दृष्टि
सबै मनमा छिर्न सक्ने हुन्छ अर्जुन दृष्टि

षड्यन्त्रले बनाएको चक्रब्युह भित्र छिरी
 सकुशल नै फिर्न सक्ने हुन्छ अर्जुन दृष्टि

गुप्तवासमा बसेपनि द्रौपदीका खातिर
 धनुषवाण भिर्न सक्ने हुन्छ अर्जुन दृष्टि

सृष्टि, धर्म सञ्चालन कायम नै राख्न भनि
अपराधीलाई पिर्न सक्ने हुन्छ अर्जुन दृष्टि

विचारको उत्कृष्टता उच्चकला देखाएर

तीनोटै ऋष तिर्न सक्ने हुन्छ अर्जुन दृष्टि

भावुक सुनिल (अर्जुन दृष्टि)

भावुक सुनिल कैलाली ९ टिकापुर
बैगुनी मायाको जालमा यसरी पर्यो अर्जुन दृष्टि
 पाउनु दुख पाएं रत बेहालमा पर्यो अर्जुन दृष्टि

सजाएको थिएं मैले मनको देयौता ठानी जसलाई
घात माथी घातमा यसै सालमा पर्यो अर्जुन दृष्टि

मेरै मात्र भाग्य खोटो भएर होकि पिरतीमा हार्नु
खडेरी लागेसरी आज अकालमा पर्यो अर्जुन दृष्टि

न पाउनु न बिर्सिनु कस्तो दोसांधमा यो जिन्दगि
पानी बिनाको माछासरी छालमा पर्यो अर्जुन दृष्टि

नाटक रहेछ सबै तर चरित्र आफ्नो निभाउदै छु म
नलाग्नु आरोप लाग्दाखेरि गालमा पर्यो अर्जुन दृष्टि //


Wednesday, September 25, 2013

फुच्ची जमुना (अर्जुन दृष्टि)

फुच्ची जमुना
चितवन 
मैले देखेकि थिए एउटा खाम थियो अर्जुन दृष्टि
भित्र खै के के थियो बाहिर नाम थियो अर्जुन दृष्टि

लाखौ समस्याहरुको समाधान एक्लै गरी दिन्छ उ
त्यसैले त विकल्पमा छुट्टै काम थियो अर्जुन दृष्टि

हेर्नेहरुले रुप हेर्छन् तर मनको सुन्दर छ उ
मैले यसरि हेरे, जाडोयामको घाम थियो अर्जुन दृष्टि

मन दिनेहारुको लागी ज्यान दिन तयार हुन्छ उ
कोही यसो भन्थे, खाचो टार्ने दाम थियो अर्जुन दृष्टि

जसले जे भन्नुन, बुझ्नेले बुझुन आफ्नै तरिकाले

प्यास मेट्ने पानी भोक मेट्ने माम थियो अर्जुन दृष्टि

लोकेन पि बि एस (अर्जुन दृष्‍टि)

. लोकेन पि बि एस
लोकेन्द्र डांडागाउं
 चाइपटा जाजरकोट हल : मलेशिया
मुटुको धट्कन , बनेको छ अर्जुन दृष्‍टि
बसन्त को पवन , बनेको छ अर्जुन दृष्‍टि

सिकाउछ पिडा मा बांच्न , अनी जोस थप्छ
सबैको स्पन्दन , बनेको छ अर्जुन दृष्‍टि

दु:ख सबै भुलाई , चिसो मुटु तताइ दिन्छ
रापिलो इन्धन , बनेको छ अर्जुन दृष्‍टि

सिकायो लेख्न गजल , पिडा पनि भुलाइदियो

मेरो त जीवन , बनेको छ अर्जुन दृष्‍टि

सनम गोले (अर्जुन दृष्टि)

सनम गोले
दामन मकावनपुर हाल मलेशिया
सबैको प्रीय साथी अर्जुन दृष्टि ।
ज्ञान गुणमा माथी अर्जुन दृष्टि ।

विरको छोरा विरतामा रम्छ सधै
कहिले झुक्दैन छाती अर्जुन दृष्टि।

 मित्रलाई हात बढाई दिन्छ सधैभरि
दुश्मनलाई दिन्छ लाती अर्जुन दृष्टि।

झुटको खेती गर्दैन कहिले कसैसंग
बोल्छ पुराई अत्ति भाती अर्जुन दृष्टि।

खुशीमा साथदिन्छ दुखमा हातदिन्छ

लाखौंमा एक धेरै जाती अर्जुन दृष्टि।

स्मार्ट G सन्देश (अर्जुन दृष्टि)

स्मार्ट G सन्देश
रुद्रपुर-9 हरैया रुपन्देही,
सामु अँह कहिल्यै झुक्दैन अर्जुन दृष्टि
जे बोल्छ त्यो गर्छ ऊ चुक्दैन अर्जुन दृष्टि

ऊ हेर्नुस त चुपचाप आफ्नै काम गरिराछ
चुरी फुरी लगाई धेरै भुक्दैन अर्जन दृष्टि

जति सङ्कट परेपनि ज्यानकै बाजी थापी
संघर्षको पाईला चाल्न रुक्दैन अर्जुन दृष्टि

शान्तीको बिगूल फुक्दैछ यो बिश्व सामु
अशान्तीका थोत्रा नारा फुक्दैन अर्जुन दृष्टि

एउटा यस्तो अजिब पालुवा फेर्यो उस्ले

खडेरीमा मौलाउछ झन सुक्दैन अर्जुन दृष्टि

आशिष दनाई (अर्जुन दृर्ष्टी)

आशिष दनाई
ndh'Ë xfn n]vgfy, sf:sL
 म परेँ अर्जुन अनी मेरो अर्जुन दृर्ष्टी ।
सबैलाई थाहै छनी मेरो अर्जुन दृर्ष्टी ।।

घरी घरी यता हेर्दै मलाई नजिस्काउ ।
भस्म हुन्छ्यौ देख्यौ भनी मेरो अर्जुन दृष्टी ।।

तिमीले मलाई राम्रो संग बुझ्न सकिनौ
 बुझ हैन बेमौसमी मेरो अर्जुन दृष्टी ।।

मैले आशिष पाएको छु कुरो भुझ तिमी ।

हिजो पनी आज पनी मेरो अर्जुन दृष्टी ।। 

ईलामे तारा गरुवाली (अर्जुन दृष्टि)

ईलामे तारा गरुवाली
ईलाम 
असत्यमा सत्यको शान हो अर्जुन दृष्टि
हजारौमा एक जो ज्यान हो अर्जुन दृष्टि

मानवका नयन केवल तस्बिर हेर्ने
सद्गुणको अमृत पान हो अर्जुन दृष्टि

अत्याचारी बढ्न थाल्छन् धर्तिमा जब
सत्य यूगी रामको बाण अर्जुन हो दृष्टि

उपन्यास कथा गजलका गुथ्थी उन्दा

साहित्यको गुण र गान अर्जुन दृष्टि

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel