
सपनीमा मेरो राजा भनी वोलाउने दिन
मित्रताको हात लम्काउदै प्रेम भाव वाट
कसैको मनमा मेरो छाया मौलाउने दिन
उघ्रिएको मनलाई आकास वादलले छोपी
मेरो माया पाउनकै निम्ती बौलाउने दिन
भरोसा कलेजी प्राण मुटु सवथोक ठानी
फूलै फूलको थुँगाले हानी लोलाउने दिन ♥♥
नीरस मैनाली (केटा) र म (केटी) विच सिर्जना मार्फत मिति २०६९।२।२५ गते विहीवार फेसवुकमा भएको भलाकुसारी (दोहोरी)
नीरस मैनाली
~~~~~~~~~~~~~~
शान्त मेरो तलाऊमा ढुङ्गा हान्न किन आयौ
नदी पारी तार्छु भनि डुङ्गा तान्न किन आयौ
रमाएर बसेकै थे आफ्नै ताल्मा जसरि नै
गुलाबको फूलको त्यो थुङ्गा हान्न किन आयौ .//
अर्जुन पौडेल (म)
~~~~~~~~~~~~~~
दुई दिने चोलामा केही लुट्न आए
माया प्रित रंग रस साट्न आए
झुर्मे लाग्यो, माया त असलै थियो
धनीसग धन चोरी, गरिवको मन चोर्न आए .//
नीरस मैनाली
~~~~~~~~~~~
लुटुन पाए जवानी के, सबैथोक लुटिन्छ नि
चुट्न पाए अगं अगं, छामि कन चुटिन्छ नि
माया प्रित देखावटी, भयो धन ठूलो अब
धुत्न पाए धुर्तै बनि, सकेजति धुतिन्छ नि .//
अर्जुन पौडेल (म)
~~~~~~~~~~~~~~
नौटंकी तिम्रो नाटक केवल लुट्न कै थियो
मायाका कुरा गरी शरीरसँग साट्न कै थियो
माया ठानी देहसँग कै लागि सकिन जोवानी सुम्पीन
राप्यौ आखिर झुटको खेती दिलवाट लखेट्न कै थियो....//
नीरस मैनाली
~~~~~~~~~~~
रङ्गमञ्च हो दूनियाँ यो हामी रङ्गकर्मी
तिमीपनि पापिनी हौ होईनौ साँच्चै धर्मी
धनको लागि लत्याएर गएपछि मलाई
अहिले कस्ता कुरा तिम्रा लाग्छौ शिल्पकर्मी.//
अर्जुन पौडेल (म)
~~~~~~~~~~~~~~
जसरी जिए पनि रंगीन संसार हो जिन्दगीको रित
नसकिने रैछ पाप कुल्चीई दोष मात्र देखाउने सित
किन माया दिनु पर्यो खुशी पुरा गर्न नसक्नेले
भन्थ्यौं तिमी खुशी भए त्यही नै मेरो जित .//
नीरस मैनाली
~~~~~~~~~~~
रगींन मानेपछि जीवन, जसरी नि बित्ने रैछ
कहिले तिम्रो पल्ला भारी, कहिले मैले जित्ने रैछ
नमान सुर्ता शरीर गल्छ, शोकले त केही हुन्न
गरेर पीर केही नि हुन्न, पीरले नै थिच्ने रैछ..//
अर्जुन पौडेल (म)
~~~~~~~~~~~~~~
पाएको दुई दिने चोला रंगिनमा नै विताउनु छ
खोज्नु छ नयाँ धनीमानी सँगै रमाउनु छ
पीडा र शोकलाई हटाई सुन्दर वस्ती वसाई
मोज मस्ती रसरंगमा नै जिवन सजाउनु छ ।।।
~~~~~~समाप्त~~~~~~~~~~~~
कालिका कम्प्युटर एण्ड सप्लायर्स पोखरा
कुनै पनि देश विकासको लागि सुचना तथा प्राविधिक क्षेत्रले महत्वपूर्ण भुमीका खेलेको हुन्छ । जव सुचना तथा प्राविधिक क्षेत्रको विकास हुन्छ तव देशका जनता शिक्षीत हुन्छन् र देशको विकाश सम्भव हुन्छ । त्यसकारण देश विकास तथा जनतालाई शिक्षित वनाउनका लागि यस क्षेत्रले महत्वपूर्ण भूमीका खेलेको हुन्छ । नेपालको प्रसिद्ध रमणीय तथा पर्यटकीय स्थल सुन्दर नगरी पोखरामा अवस्थित तथा माछापुच्छे«को काखमा साथै फेवातालको आगनमा रहेको एक व्यवसायीक संस्था कालिका कम्प्युटर एण्ड सप्लायर्सले विगत १०–१२ वर्ष देखी यता आफ्ना विभिन्न सेवा तथा सुविधा पु¥याउ“दै देशको सुचना तथा प्राविधिक विकासमा विषेश सहयोग पु¥याएको छ । यो व्यवसायीक संस्था राष्ट्रवैंक चोक– वडा नं. ७ मा अवस्थित छ ।
वि.स २०५६ सालमा प्राइभेट फर्म रजिस्ट्रेशन ऐन २०१४ अनुसार दर्ता भई स्थापना भएको प्रा.ली. हो । यस प्रा.ली.ले सुचना तथा प्रविधि क्षेत्रमा विभिन्न कार्य गरी स्वेदशी तथा विदेशी जनतालाई सुचना तथा प्रविधिको शिक्षा दिई देशको सुचना तथा प्रविधि क्षेत्रमा महत्व पुर्र्ण सहयोग पु¥याउने काम गर्दछ । यसको प्रमुख कार्र्य Computer Education, Computer Sales, Computer Maintenance, Computer Print, Photocopy, Fax, Emil + Internet Air Ticketing, Bus Ticketing, Telephone
आजको व्यावसायीक आधुनिक जगतमा कुनै पनि व्यावसयिक संस्था प्रतिस्पर्धा विना बच्न सक्दैन । त्यसैले कुनै पनि व्यवसाय्ीक संस्थाले द्धिर्घकालीन रुपमा सफलता हासील गर्न तथा आफ्नो स्थायीत्व प्राप्त गर्नको लागी धेरै कुराहरुमा ध्यान दिनु पर्दछ । त्यसै गरी यस संस्थाले पनि आफ्नो स्थापना कालदेखीनै आफ्ने कार्य क्षेत्रमा पुर्णरुपले सफलता हासील गर्दै आएको छ । फलस्वरुप शुरुको स्थापना कालमा राष्ट्रवैक चोकमा प्रधान कार्यालय गर्दै आएको र अहिले पृथ्वीचोक, न्यूरोड पोखरा तथा स्याङ्जा जिल्लाको हेलुईमा पनि शाखा विस्तार गरेको पाईन्छ । कयौं स्वदेशी तथा विदेशी जनतालाई कम्प्युटर शिक्षा, कम्प्युटर विक्री तथा मर्मत, फोटाकपी तथा कम्प्युटर सम्वन्धी सम्पुर्ण सेवा प्रदान गर्दै आएको छ । नेपालमा सुचना तथा प्रविधि युगमा गुणस्तरको छवी बनाएर चल्ने प्रा.ली.हरु मध्येमा कालिका कम्प्युटर एण्ड सल्लायर्स प्रा.ली. पनि एक हो ।
तिन साथिहरु अन्धो,लगङ्डो, र भिखारि रहेछन।
तिनै जना फिलिम हेर्न हलमा गएछन। फिलिम शुरु भएछ।
अन्धोः वाह! यार आर्यनको एक्टिङ त क्या राम्रो छ नि, ईन्टरबल भएछ। र सबै बाहिर आउन लाग्दा एउटा केटाबाट लगङ्डोलाई धक्का लागेछ।
लगङ्डोः ओए! लगङ्डो भनेर हेप्सस, साले अहिले एक किक दिएर तेरो बत्तिस खसाई दिन्छु अनि थाहा पाउलास।
भिखारीः ठोक! साला लाई ठोक! दाँतै भाचि दे दुई,चार लाखको कुरो त हो। परेको म बेहोर्छु ।
को exam पछी को बार्तालाप्:
बुवा: exam कस्तो भयो त ?
घोप्टे: १ नम्बरको प्रश्न मात्रै छुट्यो ।
बुवा: मतलब अरु सबै मिलाईस ?
घोप्टे: सबै त मिलेन, ३ नम्बरको मलाई आएन्, ४ नम्बरको गर्न भुले,
... ५ नम्बर मैले देखेन, अनि ६ नम्बर पेपर को पछडी पट्टी रैछ त्यो त झन कहाँबाट देख्नु । बुवा(रिसाउदै ): साले अनि २ नम्बर नि २ नम्बर ?
:
:
:
घोप्टे : हो तेइ प्रश्न मात्रै गलत भको छ !!!
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न ...
धुर्मुसे सानै हुँदाको कुरो हो‚ उसलाई शिक्षकले सोधेछनः
शिक्षकः तँ ठूलो भएर के गर्ने ?
धुर्मुसे:विहे ।
शिक्षकः हैन‚ मैले भन्न खोज्या‚ के हुन्छस् ?
धुर्मुसे: दुलाहा ।
शिक्षकः कस्तो कुरा नवुझेको‚ ठूलो भएर के हासिल गर्छस् भनेको ?
धुर्मुसे: दुलही ।
शिक्षकः उफ्‚ तँ ठूलो भएपछि आफ्ना बाउको लागि के गर्छस् भन्या ?
धुर्मुसे: बुहारी ल्याउँछु ।
शिक्षकः गधा‚ तेरा बाउ तँ संग के चाहन्छन् ?
धुर्मुसे: नाति नातिना ।
शिक्षकः हे भगवान‚ तेरो जीवनको उद्देश्य कै हो भनेको ?
धुर्मुसे: सन्तानले डाँडा काँडा ढाक्ने ।
शेरेलाई जागिरबाट निकालेपछि उ प्रत्येक दिन हाकिमको घरको गेट अगाडि गएर दिसा गर्न लागेछ ।
शेरेको चर्तिकला देखेर
हाकिम: ए गधा के गरिरहेको त्यहाँ ?
.
.
.
.
.
.
शेरे: म तपाईलाई यो देखाउन चाहन्छु कि जागिरबाट निकालेपनि खान नपाएर म मरेको छैन ।
रोमांटिक मुड मा !!!!
केटि: तिमि मलाई कति माया गर्छौ?
केटा: मेरो दिल मोबाईल हो तिमि तेस्को सिम कार्ड हौ..
केटि: भगवान म कति धेरै भग्यमानि छु..केटा : Thanks GOD येस्लाई के थहा मेरो चाईनिज मोबाईल मा 5 वटा सिम कार्ड जान्छ भन्ने..
समय दाईना भयो भने जे पनि हुन्छ हेर्नुस् यो फुटेको कर्म त्यस्ती स्वास्नी परो अहिले घरबाटै निकाल्देकि छिन् यस्तो ह्यान्सम पाउँदा नि त्यो अप्सराले मलाई । :( त्यल्लाई म अहिले नै डिभोस्र दिन्छु काजीसाब !!!
......................................................................................
एउटी सासुले आफ्ना तिन ज्वाईंहरुको माया थाहा पाउन पोखरीमा हाम फालिन् ।
ठूलो ज्वाईंले उनलाई बचाए र सासु आमैले उसलाई मर्सिडिज कार उपहार दिईन् ।
अर्को दिन फेरी हामफाल्दा कान्छो ज्वाईंले उनलाई बचाए र उनले रोयल ईन्फिल्ड बाईक पाए ।
तेस्रो दिन फेरी हामफाल्दा माईलो ज्वाईले सोचे "अब एउटा साईकल बाँकी छ के को टाउको दुखाउनु!"
र सासु आमै डुबेर मरिन तर उनले ५ तले घर नै उपहार पाए ।
... कसरी ?
.
.
.
.
.
.
ससुराले उपहार दिएछन् ।
लमीले फसायो मुला साग मलाई लमीले नराम्रो सँग फसायो, अप्सरौ जस्ती केटी छे भनो, केटी हेरुम न त भनेर यसो विचार गर्दा केटीको फोटै छ किन केटी हेर्नुपरो भनो, फोटो हेर्दा त कसम होला जीन्दगीमा त्यत्तीकी राम्री त केटी नै देखेको थिईन, लौ ठोक्यो !!! ठोक्दीम भनेर विचार गरेर चार ओटा त नाईट बस नै जन्ती लिएर गाको, प्याप्याप्या !!! पन्चे बान्जा नै लिएर गाको आफूलाई कति खेर बेहुली हेरम् जस्तो भाको थ्यो, रमाईलो कुरा पनि छ है मुला साग !! केटी ल्याउँदैनन् लाग्यो बल्ल बल्ल केटी ल्यायो, केटी देख्नीबित्तिकै बेहुसै भईहाल्यो नि १ घण्टापछि मात्रै होस आको नि, यस्ती नराम्री त जीन्दगीमा देख्या थिईन, हाँडी भन्दा काली ,म भन्दा १७ वर्ष जेठी स्वास्नी खत्तम अननननननफरररररररररचुनेट्ली लमीले फसायो मलाई !!!
सभासद् को लव परेछएक जना सभासद् को लव परेछ अनि उनले GF लाई फकाऊँदै भनेछन :
चोखो माया दिन्छु तिम्लाई आकासको तारा नमाग ।
एउटा मुटु दिन सक्छु संसार सारा नमाग॥
मैले मात्र हैन त्यो त कसैले दिन सक्दैन तिम्लाई
त्यसैले PLEASE मसँग संविधानको धारा नमाग ॥
GF लाई त यस्तो भन्नेले के संविधान बनाऊलान्
सेरेः— यार धोती म लास्ट कन्ञुस छु यार
धोतीः— होर अनि कति पैसा कहिले बचाई त ?
सेरेः— मेरो विवाह पछि honymoon मा दुईजनालाई धेरै खर्च लाग्छ भनेर म एक्लै गईदिए अनि आध्धा पैसा बचाए । :D
धोतीः— ह्या त त्यती मात्र त भन्दा म कन्ञुस छु
सेरेः— कसरी ?
धोतीः— मैले त झन् मेरो स्वास्नी लाई एउटा केटा संग honymoon पठाएर पुरै पैसा बचाए :D
सेरेः— थुक्क !! धोती तेरो बुद्धी !
धोतीः—किन र ?
सेरेः— मलाई देखिनस् केटो खोज्न पर्छ ?
आवारा वादल वनी हराएर नै जानु थियो भने.... औशीको रातमा पूर्णिमाको जुनवनी उदायौं किन.....आफ्नो मनलाई आफै सँग छल गर्नु नै थियो भने ....झर्न लागेको डालीको फुललाई चुम्यौ किन....
माया नै गर्दैनौ मलाई भनेर विश्वास गर्न पनि सक्दिन.. मलाई मात्रै माया गर्छौ भनेर भरमै पर्न पनि सक्दिन.... फसाएर छोडेउ कस्तो अन्योलताको भुमरीमा ? अरु कसैको दिलमा बसाई सर्न पनि सक्दिन...
ओठको हाँसो वनी मेरोअँगालोमा तिमिलाई वेर्ने रहर.....पोखराको हजारौ भिडमा, रूप तिम्रो सधै हेर्ने रहर.....जिन्दगीका अरोहअवरोह तिमी,सँगैसाटी जिन्दगीका प्रत्येक पलमा, तिमी सँगै मात्र जिउने रहर .... तिम्रो सधै खुशीवनी तिम्रै हातको सिरानीमा निदाई सारा सपनाहरू तिम्रो सामु साट्ने रहर... तिम्रै हातले ति सपनाहरु सजाउने रहर मेरो...... मेरो घरतिम्रो धड्कनमा, सधैको लागी रोजी सके दिलको धड्कन तिमीलाई बनाउने रहर
१२ बर्ष पछि खोलो फर्कन्छ भन्छन् । त्यो चाही साँचो रहेछ । १२ बर्ष पछि मेरो खोलो पनि फर्कियो । तर नयाँ छाल……नयाँ धार ……अनि किनारा लिएर । त्यसरी फर्किएको खोलासँग मेरो आत्मियता त उस्तै छ तर खोलाको भने छैन । नयाँ वर्तमान बोकेर आएको खोलामा न त म पौडि खेल्न सक्छु न त डुङ्गा मार्फत तर्न नै । त्यसैले निरिह माझी बनेर किनारमा टोलाउनु बाहेक म सँग अरु केही रहेन.
चारतिरै आज तिम्रै थ्यो चर्चा तिमि नै थेउ जाति ...कसलाई पोफुर्सद थियो र हेर्न भत्केको यो छाती ? यो जुनीमा त कसैको बिगारगरे झैँ लाछैन....कुन पापको सजाय दियौ नि ईश्वर सहनैभाछैन..म कसलाई देखाऊ अब यो दशा? चुड्यो नि मेरो श्वास फेर्नेनशा, भन कसरि जिउँ ? तिम्रो खुशीमा सामेल बनौ कि फाटेको योमन सिउँ ?